सरकारले सोमबारबाट सरकारी कार्यालय खुलाउने निर्णय गरेसँगै अधिकांश कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेको छ ।
यससँगै सडकमा पनि सवारी चाप बढेको छ । सरकारले कोभिड–१९ जोखिमबाट बचाउनका लागि गत चैत ११ गतेदेखि गरेको बन्दाबन्दीपछि सोमबारबाट धेरै कार्यालयहरु खुलाउने निर्णय गरेको थियो । सरकारी तथा गैरसरकारी संस्थाका कार्यालयहरु सोमबारदेखि पूर्ण रुपमा खुलेका छन् ।