कोरोनाको तेस्रो लहर रोकथाम तथा नियन्त्रणमा सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी उस्थित हुन नदिने निर्णय गरेको छ । तर, सरकारी कार्यालयमा सेवाग्राहीको भीड बढ्दै गएको छ । शुक्रबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीको भीडभाड मात्र देखिएन ठेलमठेल नै थियो । प्रशासनले सर्भर बिग्रिएको बताएको छ । बिहान १० बजेदेखि लाइनमा बसेका सेवाग्राहीको काम दिउँसो १ बजेसम्म पनि हुन सकेको छैन ।