विराटनगर : अत्यधिक गर्मी‚ काखे नानी च्यापेर जिल्ला प्रशासन कार्यालय मोरङको गोलघरमा मंगलबार भेटिएका आमाहरु आफ्नो पालो पर्खेर बसिरहेका थिए।अनुहारभरि पसिना, काखमा निदाइरहेका नानीहरुलाई सम्हाल्न मुस्किल देखिन्थ्यो। उनीहरुलाई स्तनपान कक्ष जिल्ला प्रशासन कार्यालय मोरङको भवनभित्र छ भन्ने जानकारी थिएन। त्यही भएर उनीहरु रापिलो घाम र गर्मी सहेर भए पनि जस्तापाताले छाएको गोलघरमा बस्न विवस देखिन्थे।जिल्ला प्रशासन मोरङ अत्यधिक सेवाग्राहीको भीड हुने कार्यालयमा पर्छ। मंगलबार पनि नागरिकता बनाउन आउने