कोरोना नियन्त्रणमा समन्वय अभाव

देशमा निषेधाज्ञा लगाइराखिएकै छ तर यो नाम मात्रको निषेधाज्ञा छ । जताततै मान्छेको भीड लागेको देख्दा निषेधाज्ञा कायम छ जस्तो लाग्दैन । छोटो तथा लामो दूरीका सवारी साधन चलेका छन् । सरकारी तथा निजी कार्यालयहरू खुलेका छन् । बजार खुलेको छ । उद्योग तथा कलकारखाना चलेका छन् । त्रिभुवन विश्वविद्यालयले विभिन्न तहको वार्षिक परीक्षा पनि सञ्चालन गरिरहेको छ । सार्वजनिक सवारीमा मान्छेको भीड लागेको छ । कार्यालयमा सेवाग्राहीको भीड छ । बजारमा किनमेल गर्नेको तँछाडमछाड छ । यस्तो भीडमा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने कुरै भएन ।

सम्बन्धित सामग्री

कोरोना नियन्त्रण गर्न डेढ वर्षमा सरकारले खर्चियो २३ अर्ब

काठमाडौँ– सरकारले पछिल्लो डेढ वर्षमा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा २३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार उक्त रकम संघ, प्रदेश र स्थानीय तहबाट कोरोना नियन्त्रणमा खर्च भएको हो । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा ९ अर्ब ६९ करोड २४ […]

कोरोना नियन्त्रणमा सबै एकजुट भएर लागौँ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोरोना रोकथामको लागि बुझाएको २२ बुँदे ध्यानाकर्षण पत्रलाई बुझ्दै प्रधानमन्त्री देउवाले भने, ‘कोरोना नियन्त्रण गर्न सरकार प्रतिबद्ध भएर लागेको छ। सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर छ। त्यसैले अहिले कोरोना नियन्त्रण र रोकथामका लागि तेरो, मेरो पार्टी नभनी सबै एक हुनुपर्छ।’ सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सफल हुनसक्

कोरोना नियन्त्रण गर्न सरकार क्रियाशील : मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विश्वव्यापी चुनौतीका रुपमा देखा परेको कोरोना भाइरस नियन्त्रणमा  सरकार क्रियाशील  रहेको बताएका छन् । स्वास्थ्य मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा उनले छिटोभन्दा छिटो नेपाललाई कोरोनामुक्त पार्ने ध्येयका साथ स्वास्थ्य सेवालाई प्रभावकारी, जनमुखी, सर्वसुलभ र जनउत्तरदायी बनाउन सरकारको ध्यान केन्द्रित भएको बताए । जनस्वास्थ्यका मापदण्डको पालना र कोभिड–१९ विरुद्धको खोप अभियानमा सक्रिय सहभागिताले नै कोरोना नियन्त्रणमा सहयोग मिल्न

कोरोना नियन्त्रण गर्न ७० प्रतिशतले भ्याक्सिन लगाउनुपर्छः डब्ल्यूएचओ

एजेन्सी। जबसम्म कुल आवादीको ७० प्रतिशतले भ्याक्सिन लगाउँदैनन् तबसम्म कोरोना नियन्त्रणमा नआउने विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)का युरोप डाइरेक्टर हान्स कुल्गेले चेतावनी दिएका छन्। यो महामारी संसारबाट चाँडै नियन्त्रण नहुने पनि उनले बताए। भ्याक्सिन अभियान निकै सुस्त गतिमा चलेकोप्रति उनले गुनासो गरे। कोरोनाबाट अहिलेसम्म ३५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १६ करोड नाघेको छ।

दिल्लीमा कोरोना नियन्त्रण सहज बन्दैछ : केजरीवाल

काठमाण्डाै – भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्लीमा कोरोना सङ्क्रमण नियन्त्रण सहज बन्दै गएको मुख्यमन्त्री अरविन्द केजरीवालले बताउनुभएको छ । सङ्क्रमणका कारण स्वास्थ्य सेवा अस्तव्यस्त भएको र अक्सिजनकै अभावमा कैयौंको ज्यान गइसकेको दिल्लीमा अब भने अवस्था नियन्त्रणमा आउन थालेको उहाँको भनाइ छ । मुख्यमन्त्री केजरीवालले महामारी नियन्त्रणमा अरु प्रयासहरुसँगै लकडाउन पनि प्रभावकारी भएको बताउनुभएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । दिल्लीमा पुनः एक हप्ताका लागि लकडाउन थप गरी मे २४ अर्थात जेठ १० गतेसम्मका लागि पुर्याइएको छ । लकडाउ...

कर्णाली प्रदेश प्रमुख कलौनीद्वारा कोरोना नियन्त्रणमा चासो

सुर्खेत। कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कोरोना नियन्त्रण र प्रतिकार्यको लागि प्रदेश सरकारले गरेको प्रयास तथा गतिविधिबारे चासो राखेका छन्। उनले आज प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेर चासो व्यक्त गरेका हुन्। मुख्यमन्त्रीले प्रदेश सरकारले विभिन्न अस्पतालहरु तथा स्थानीय सरकारसँग सहकार्य गरी कोरोना महामारी फैलिन नदिने प्रयासहरु गरिरहेको जानकारी दिएका थिए।

अयोध्या बनाउँदा कोरोना नियन्त्रण हुन्छ र?: उपेन्द्र यादव

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कोभिड महामारीलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। अक्सिन नपाएर अस्पताल बाहिर छट्पटाइरहेको बताउँदै सरकारको ध्यान अयोध्यातिर गएकोमा असन्तुष्टि दिए। उनले भने, ‘सरकारको ध्यान कोरोना नियन्त्रणमा छैन, चितवनमा अयोध्या बनाउने तिर छ। यसरी कोरोना नियन्त्रण यसरी हुन्छ र?’

लकडाउनले मात्र कोरोना नियन्त्रण गर्न सकिन्छ?

काठमाडौं। काठमाडौं उपत्यकामा १६ गतेबाट निषेधाज्ञा जारी हुँदैछ। कतिपय जिल्लामा त निषेधाज्ञा जारी नै भइसकेको छ। मानिसहरूलाई घर बाहिर हिँडडुल गर्न समेत रोक लागेको छ। निषेधाज्ञाले मात्र कोरोना नियन्त्रणमा आउन नसक्ने चिकित्सकहरूको भनाइ छ। टेकु अस्पतालका डा. शेरबहादुर पुनले लकडाउनसँगै स्वास्थ्य परीक्षणको दायरा पनि बढाउनुपर्ने बताए। पीसीआर परीक्षण दायरा बढाउने, कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने कामलाई तिब्रता दिनुपर्ने उनले बताए।