काठमाडौं : घुस लिँदै गर्दा पक्राउ परेका सुर्खेत वीरेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियर दिपक बमविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बमसहित बिचौलिया निरकबहादुर शाहीलाई समेत प्रतिवादी बनाउँदै आज विशेष अदालत काठमााडौंमा मुद्दा दायर गरेको हो।गत भदौ १० गते सेवाग्राहीबाट लिएको ३ हजार रूपैयाँ घुस रकमसहित बम र शाही पक्राउ परेका थिए। अनुसन्धानको क्रममा उनीहरूले सेवाग्राहीको ब्लुबुक नवीकरण, जाँचपास नवीकरण र रुट पर्मिट नवीकरणका लागि रकम