काठमाडौं : देशभर डेंगु ज्वरोको बिरामी बढिरहेका छन्।संक्रमण बढिरहेको समयमा अस्पताल जाने धेरै बिरामीले डेंगुको लक्षण देखिएको भन्दै घरेलु उपचार पनि गर्ने गरेको तथा डेंगु ज्वरो पुष्टि भइसके पछि घरेलु उपचार गर्ने गरेको पाइएको चिकित्सकहरुले बताउने गरेका छन्।मुख्यत: डेंगु ज्वरो देखिएका बिरामीहरुले घरेलु उपचारको रुपमा मेवाको पात सेवन गर्ने गरेका छन्। डेंगु संक्रमण भइसकेपछि विशेषत: रगतमा प्लेटलेट्स घटाउने र मेवाको पातले प्लेटलेट्स बढाउने भन्दै मेवाको पात खाने गरेको सूचना धेरै आइरहेको उनीहरु बताउँछन्