काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ५९ हजार ६५६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले अन्य व्यक्ति तथा संस्थाले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
यसअघि गत माघ ७ गते विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी बैंकले यी शेयर विक्री खुला गरेको थियो । सो अवधिमा विक्री हुन नसकेको यी शेयर सर्वसाधारणमा विक्री खुला गरिएको हो ।
यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी ७ दिनभित्र आवेदन दिनुपर्नेछ । यसका लागि बैंकको शेयर रजिष्ट्रार माछापुच्छ्रे क्यापिटल लिमिटेडको सुन्धारास्थित कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ । खरीदकर्ताले आफूले खरीद गर्न चाहेको मूल्य र शेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।