एकीकृत समाजवादीमा ३० सांसद र ६० केन्द्रीय सदस्यले सनाखत गरे

काठमाडौँ– नेकपा एमाले विभाजन गरेर नयाँ बन्न लागेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा साविकको एमालेका ६० जना केन्द्रीय सदस्य र ३० जना संघीय संसदका सांसदहरुले निर्वाचन आयोगमा सनाखत गरेका छन् । माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी नामको नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएपछि आयोगले बुधबार आयोगले सनाखत गराएको छ । सनाखतका क्रममा राष्ट्रिय […]

सम्बन्धित सामग्री

दीपक मनाङे एकीकृत समाजवादीमा

काठमाण्डाै – गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री तथा मनाङ प्रदेश सभा क्षेत्र नम्बर (ख) बाट निर्वाचित सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।मनाङेलाई आज साेमवार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराउनुभएको हो । मनाङ (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका मनाङे निर्विरोध निर्वाचित हुनुभएको हो ।पार्टी प्रवेशपछि विज्ञप्ति निकालेर मनाङेले आफ्नो उद्देश्यसँग एकीकृत समाजवादीको नीति, सिद्धान्त तथा विचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको बताउनुभएको...

स्वतन्त्र सांसद दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

मनाङ प्रदेश सभा २ बाट निर्विरोध निर्वाचित भएका दीपक मनाङे भनिने राजीव गुरुङ एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।  मनाङेले आज एक विज्ञप्ति जारी गरी आफू एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका...

एमाले नेता रायमाझी एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं :  नेकपा एमाले पाल्पाका पूर्व-जिल्ला अध्यक्ष एवं पूर्व-सांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्यसमेत रहेका रायमाझीले आइतबार पत्रकार सम्मेलन गरेर एमाले जिल्ला कमिटी सदस्यहरू धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, झलक रायमाझी, महेश बरालसहितका नेताहरु एकीकृत समाजवादीमा प्रवेश गरेका हुुन्। नेता रायमाझीले नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधानअनुसार सञ्चालन नगरी कम्युनिष्ट आचारणविपरीत सञ

पाल्पामा पूर्वसांसद रायमाझी एकीकृत समाजवादीमा प्रवेश

नेकपा एमाले पाल्पाका पूर्व जिल्ला अध्यक्ष एवं पूर्व सांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । रायमाझीले शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधान र कम्युनिष्ट आचरणविपरीत अधिनायकवादी सोचअनुसार सञ्चालन गरेकाले एकीकृत समाजवादी रोजेको बताए ।विगतदेखि नै पार्टीमा चरम विकृति र विसङ्गति बढेको र त्यसलाई सच्याउन प्रयास गरे पनि असफल भएको रायमाझीले उल्लेख गरे । रायमाझीले एकीकृत समाजवादीले दिने जिम्मेवारी इमान्दारीपूर्वक निभाउने बताएका छन

विवेकशील साझाको पाण्डे समूह एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग विवेकशील साझाका संयोजक मिलन पाण्डेको समूहले भेटवार्ता गरेको छ । बुधबार विवेकशील साझाका संयोजक पाण्डेको टोलीलाई अध्यक्ष नेपालले आफ्नो निवासमा बोलाएर आफ्नो पार्टीमा आउन आग्रह गरेका हुन् ।एकीकृत समाजवादीमा प्रवेश गर्ने विषयमा पाण्डेसँगै नेता केशव दाहाल, बागमती प्रदेशका सांसद रमेश पौडेल र नेता हरिश भट्टले अध्यक्ष नेपालसँग एक घण्टा लामो कुराकानी गरेका थिए । विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्रसँग संघीयता र धर्मनिरपेक्षाबारे सैद्धान्तिक मतभेद देखिएपछि

एकीकृत समाजवादीमा जान चाहेका सांसदको रिटमा सुनुवाइ भएन

२४ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीमा कायम गरिदिन माग गरेका सांसद सोमप्रसाद पाण्डे र शारदा भट्टको रिटमा सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ भएन । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा राखिएको उक्त मुद्दा हेर्न नभ्याइएको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए । प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रिय सभा सदस्य भट्टले आफूहरु नेकपा एकीकृत समाजवादीमा जान चाहे […]

प्रदेश सांसद एमालेबाट विभाजित, एकीकृत समाजवादीमा सहभागी

जिल्ला ब्यूरोकाठमाडौं, भदौ २३ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा ५४ जना प्रदेश सांसद खुलेका छन् । निर्वाचन आयोगले नयाँ दलको पक्षमा सनाखत गर्न दिएको समय सकिनु अघि एमालेका २ सय ३३ सांसद मध्ये ५४ जना प्रदेश सांसदले नेकपा एककिृत समाजवादी पार्टी रोजेका हुन् । एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन […]

प्रदेश २ मा एमालेका थप दुई सांसद नेकपा एकीकृत समाजवादीमा सामेल

नेकपा एमाले छाडेर प्रदेश २ का थप दुई सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् । आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ नेकपा एकीकृत समाजवादीमा सामेल भएका हुन् । उनीहरु निर्वाचन आयोगको जनकपुरस्थित प्रदेश कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीका पक्षमा आफ्नो सनाखत गराएका हुन् ।उनीहरु गत शुक्रबार नेकपा एमालेको वीरगंजमा आयोजित प्रदेश कमिटी बैठकमा सहभागी भएका थिए । तर आइतबार नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गराइसकेपछि प्रतिक्रिया दिँदै सांसद विश्वकर्माले भने,

राजनीतिमा नयाँ समीकरण, वागमतीका ११ सांसद एकीकृत समाजवादीमा

रोशन पराजुली, हेटौंडा । नेकपा एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीमा वागमती प्रदेशसभाका ११ सांसदले सनाखत गर्नुभएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उपस्थित भएर सनाखत गर्नेमा प्रदेशसभा सांसद राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल हुनुहुन्छ । वसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले पनि […]