प्रदेश २ मा एमालेका थप दुई सांसद नेकपा एकीकृत समाजवादीमा सामेल

नेकपा एमाले छाडेर प्रदेश २ का थप दुई सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् । आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ नेकपा एकीकृत समाजवादीमा सामेल भएका हुन् । उनीहरु निर्वाचन आयोगको जनकपुरस्थित प्रदेश कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीका पक्षमा आफ्नो सनाखत गराएका हुन् ।उनीहरु गत शुक्रबार नेकपा एमालेको वीरगंजमा आयोजित प्रदेश कमिटी बैठकमा सहभागी भएका थिए । तर आइतबार नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गराइसकेपछि प्रतिक्रिया दिँदै सांसद विश्वकर्माले भने,

सम्बन्धित सामग्री

प्रदेश २ मा एकीकृत समाजवादीलाई सरकारमा लैजान जसपाका मन्त्री हटाइँदै

२९ कात्तिक, जनकपुरधाम । प्रदेश २ मा नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । प्रदेशसभामा १३ जना सांसद रहेको एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिएर सरकारमा ल्याउने तयारी भएको प्रदेश मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ । उसलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिने लगभग पक्का भएको छ । त्यसका लागि हालका उद्योग, पर्यटन, […]

प्रदेश २ मा एकीकृत समाजवादी संसदीय दलको नेतामा शत्रुधन महतो चयन

नेकपा (एकीकृत समाजवादी) प्रदेश २ को संसदीय दलको नेता शत्रुधन महतो चयन भएका छन् ।एकीकृत समाजवादीको प्रदेश वैठकबाट महतोलाई संसदीय दलको नेतामा चयन गरिएको हो । उनी यसअघि पनि नेकपा एमाले प्रदेश २ सभाको  संसदीय दलका नेता थिए । तर, एमाले विभाजन पछि उनले  एकीकृत समाजवादी तर्फ निर्वाचन आयोगमा सनाखत गरेर रोजेका थिए ।पार्टीको प्रमुख सचेतक र सचेतक भने पछि चयन गरिने प्रदेश सांसद डिल्लीप्रसाद उप्रेतीले जानकारी दिए । दलको नेता चयन गरेर प्रदेश २ को प्रदेशसभा सचिवालयमा समेत जानकारी गराएको प्रदेश सांसद

प्रदेश २ मा दलको संख्या ७ पुग्यो

जनकपुरधाम : प्रदेश २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको छ।जनता समाजवादी पार्टी (जसपा) फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमाले चोइटिएर गठित नेकपा (एकीकृत समाजवादी) पार्टीले वैधानिकता पाएसँगै प्रदेश २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको हो।पार्टी विभाजन हुनुअघि प्रदेशसभामा जनता समाजवादी पार्टीसँग ५५, नेकपा एमालेसँग २१, नेपाली कांग्रेससँग १९, नेकपा माओवादी केन्द्रसँग ८ र नेपाल संघीय समाजवादी पार्टीको १ जना सांसद रहेका थिए।जसपा फुटेप

प्रदेश २ सरकारमा माधव नेपाल नेतृत्वको पार्टी सहभागी हुने निश्चित

प्रदेश २ मा चौथो ठूलो दल बनेको नेकपा (एकीकृत समाजवादी) त्यहाँको सरकारमा सहभागी हुने भएको छ ।हाल जनता समाजवादी पार्टी नेपालको नेतृत्वमा सरकारमा काँग्रेस र माओवादी केन्द्र सहभागी रहेकोमा माधव कुमार नेपाल नेतृत्वको समाजवादी पनि सहभागी हुने भएको हो । नेकपा (एकीकृत समाजवादी) की प्रदेश सांसद मञ्जु यादवले सनाखतको कार्य सकिएको बताउँदै प्रदेश २ मा पार्टीको ‘पोजिसन’ राम्रो रहेको बताइन् ।  उनले पार्टी प्रदेश २ को सरकारमा सहभागी हुने बताइन् ।‘अध्यक्ष माधवकुमार नेपालले प्रदेश २ को सरका

प्रदेश २ मा एमाले सांसद उप्रेतीले रोजे एकीकृत समाजवादी

२२ भदौ, जनकपुरधाम । प्रदेश २ मा नेकपा एमालेका सांसद डिल्लीप्रसाद उप्रेतीले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । सर्लाही क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित उप्रेती मंगलबार जनकपुरधामस्थित प्रादेशिक कार्यालय पुगेर एकीकृत समाजवादी रोजेका हुन् । भारतको नयाँ दिल्लीमा उपचार गराइरहेका सांसद उप्रेती निर्वाचन आयोगले तोकेको समयको अन्तिम दिन आएर सनाखत गरेका हुन् । […]

प्रदेश २ मा थप दुई सांसदले एमाले छाडे, माधव नेपालको पक्षमा १३ सांसद

प्रदेश २ मा नेकपा एमालेका थप दुई सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।  प्रदेश सभा सदस्य सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले आइतवार निर्वाचन आयोगको कार्यालय जनकपुरमा गएर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । आफूहरूको पक्षमा १३ सांसद रहेको संसदीय दलका नेता शत्रुधन महतोले लोकान्तरलाई जानकारी दिए ।  एमालेका २१ सांसद रहेकोमा यसअघि ११ जनाले एकीकृत समाजवादीमा सनाखत गरिसकेका थिए । शुरूमा माधव नेपालको पक्षमा लागे पनि अन्य सांसदले सनाखत गर्ने दिनमा उपस्थित भएका थिएनन् ।  निर्व...

प्रदेश २ मा एमालेका ११ सांसदले एकीकृत समाजवादी राेजे

महाेत्तरी  – प्रदेश २ मा नेकपा एमालेका ११ सांसदले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । जनकपुरमा रहेकाे प्रदेश निर्वाचन कार्यालयमा आज बिहीवार दिउँसो १० जनाले भौतिक रूपमा र एक जनाले पत्रमार्फत सनाखत गरेका हुन् । प्रदेश सांसद सत्रुधन महतो, मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादवले भाैतिक रूपमा एकीकृत समाजवादीकाे पक्षमा सनाखत गरेका छन् । क्यान्सर भएर उपचाररत डिल्ली उप्रेतीले भने पत्रमार्फत सनाखत गराएको ...

प्रदेश २ मा एमालेका १० सांसद एकीकृत समाजवादी पार्टीमा

काठमाडौं, भदौ १७ । नेकपा एमाले प्रदेश २ का संसदीय दलका नेता शत्रुधन महतोसहितका १० सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । प्रदेश निर्वाचन कार्यालय जनकपुरमा पुगेर उनीहरुले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । दिल्लीप्रसाद उप्रेतीले भारतको दिल्ली रहेकाले त्यतैबाट सनाखत गर्ने बताइएको छ । प्रदेश २ मा नेकपा एमालेका २१ सांसद थिए […]

प्रदेश २ मा नेकपा एकीकृत समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने

नेकपा एमालेबाट विद्रोह गरी गठित नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ को सरकारमा सहभागी हुने भएको छ । केन्द्रमा बनेको गठबन्धनकै आधारमा सो पार्टीले प्रदेशमा पनि सत्ता साझेदारी गर्ने भएको हो । प्रदेश २ प्रदेशसभामा एमालेका २१ सांसदमध्ये नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा १३ सांसद देखिएका छन् । उनीहरुले निर्वाचन आयोगमा सनाखत गराएपछि प्रदेश सरकारमा सहभागी हुने बताइएको छ ।नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतोले बुधबारसम्म प्रदेशसभा सदस्यको सनाखत हुने र त्यसपछि सरकारमा आफ्नो पार्टी सहभागी