काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नियुक्त गरेका नेपाली पुरुष क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगेका छन् ।
यसअघि पनि नेपाली टोलीलाई प्रशिक्षण गराएका मुख्य प्रशिक्षक पुबुदु आज मङ्गलवार नेपाल आइपुगेका हुन् । त्रिभुवन विमानस्थलमा पुबुदुलाई क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरे । क्यानको गएकाे मङ्सिर २५ गतेको बोर्ड बैठकले मुख्य प्रशिक्षकका रूपमा पुबुदुलाई अनुमोदन गरेपछि पुबुदुले फेरि नेपाल टोली सम्हाल्ने जिम्मेवारी पाएका हुन् ।
आज विमानस्थल ओर्लिएपछि सञ्चारकर्मीसँग बोल्दै प्रश...