काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगेका छन्। उनी मंगलबार काठमाडौँ आइपुगेका हुन्।
नेपाल क्रिकेट संघ (क्यान)ले गत मंसिर २५ गते पुबुदुलाई नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। उनी क्यानाडाबाट नेपाल आएका हुन्।