सरकारले घोषणा गरेको पाँच वर्षमा हेटौंडा–१४ स्थित मयूरधापमा औद्योगिक क्षेत्रको शिलान्यास गरिएको छ । संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुक्रबार औद्योगिक क्षेत्रको शिलान्यास गर्दै देशभरका पाँच स्थानमा चालु आर्थिक वर्षभित्रबाटै भौतिक पूर्वाधारको काम अगाडि बढाइएको बताए । २०७२ चैत १ को मन्त्रिपरिषद् बैठकले मयूरधापको तीन सय बिघा क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गरेको थियो ।