दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको गति सुस्त

महेन्द्रनगर– शिलान्यास भएको लामो समय बितिसक्दा पनि कञ्चनपुरको देजी छेला औद्योगिक क्षेत्र स्थापना अगाडि बढ्न सकेको छैन । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं २ र ३ मा पर्ने सामुदायिक वनमा औद्योगिक क्षेत्र स्थापना गर्दै सुदूरपश्चिमको आर्थिक गतिविधि चलायमान बनाउने तयारी गरिए पनि पनि प्रक्रियागत अलमलका कारण काम अघि बढ्न सकेको छैन । साढे दुई वर्ष अघि […]

सम्बन्धित सामग्री

दैजी छेला औद्योगिक क्षेत्र : प्रस्ताव भएको २८ वर्षपछि रुखको लगत सङ्कलन

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र प्रस्ताव भएको २८ वर्षपछि रुख कटानका लागि लगत सङ्कलन कार्य सकिएको छ । जिल्लाको बेदकोट नगरपालिका–२ र ३ मा पर्ने सामुदायिक वनमा छेला औद्योगिक क्षेत्रको स्थापनाका गर्न करीब अढाइ वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।  कञ्चनपुरलाई औद्योगिक क्षेत्रको हब बनाउने उद्देश्यले पहिलो पटक विसं २०५२ मा उक्त प्रस्ताव भएको थियो । यहाँको बेदकोट नगरपालिका–२ र ३ को वन क्षेत्रमा विसं २०७२ मा सरकारले चार किल्ला तोकेर नौ सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो । जिल्लास्थित डिभिजन वन कार्यालयले दुई वर्ष लगाएर औद्योगिक क्षेत्रमा पर्ने रुखको लगत सङ्कलन गरेको छ । कार्यालयका अनुसार ब्रह्मदेव सब डिभिजनका कर्मचारी खटाएर रुखको लगत सङ्कलन कार्य सम्पन्न गरिएको हो ।  कार्यालयका सूचना अधिकृत शिवराज अवस्थीले प्रस्तावित क्षेत्रमा पर्ने जनचेतना सामुदायिक वनमा १९ हजार आठ सय दुई र बेदकोट सामुदायिक वनमा २३ हजार चार सय ५५ रुखको लगत सङ्कलन भएको जानकारी दिए । ‘वन विभागले माग गरे अनुसार उक्त क्षेत्रको चार किल्ला, क्षेत्रफल, नापीको नक्सा लगायतका कागजात मागिएको छ,’ उनले भने, ‘सोही अनुसार कागजात सङ्कलन गरेर विभागमा पठाउने गृहकार्यमा छौं ।’  विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा २५ हजार रुख पर्ने देखाइए पनि अहिले ४३ हजार बढी रुख रहेको सूचना अधिकृत अवस्थीले बर्ताए । ‘वन विभाग र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेटबीच रुख कटान सम्झौता भएपछि रुखको छपान कार्य हुन्छ,’ उनले भने, ‘कोरोना महामारीका समयमा लगत सङ्कलनमा खटिएका मजदुरको ज्याला रोकिँदा काम ढिलो गरी सकिएको हो ।’ सूचना अधिकृत अवस्थीका अनुसार विसं २०७७ चैतदेखि लगत सङ्कलन थालिएको थियो । लामो समयदेखि प्रस्ताव गरिएको भए पनि राजनीतिक अस्थिरता, जनशक्ति र बजेट अभावलगायत कारणले काम शुरु हुन नसकेको उनको भनाइ थियो ।  गत आर्थिक वर्षमा औद्योगिक क्षेत्रको स्थलगत निरीक्षणपछि तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले औद्योगिक क्षेत्रको प्रक्रिया अघि बढाउन रू एक अर्ब बजेट विनियोजन गरेका थिए । उक्त रकम खर्च नभइ फ्रिज भएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय, नेपालगञ्जले जनाएको छ । केही समयअघि बेदकोटमा कार्यालय स्थापना भए पनि उक्त कार्यालय सहायक स्तरका कर्मचारीको भरमा छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख वासुदेव सोडारीले रुखको लगत सङ्कलन भएर सो क्षेत्रका सामुदायिक वन अध्यक्षसहित पदाधिकारीले हस्ताक्षरसमेत गरिसकेको जानकारी दिए ।  ‘वन डिभिजनले वन विभागमा रायसहितको लगत प्रतिवेदन पठाउने र त्यसपछि औद्योगिक क्षेत्रको भोगाअधिकार लिने विषय प्रक्रियामा जानेछ,’ उनले भने, ‘राय प्रतिवेदनमा वन उपभोक्ता समितिको निर्णय, सहमति लगायतका विषयका कागजात लगतमा समावेश गर्नुपर्छ ।’  यो वर्ष भोगाधिकार लिने प्रक्रियामा लाग्ने प्रमुख सोडारीले बताए । वनको प्रक्रिया टुंग्याएर मन्त्रिपरिषद्बाट भोगाधिकार नलिएसम्म औद्योगिक क्षेत्र स्थापनाका लागि बजेट विनियोजनले मात्रै रकम खर्च गर्न नसकिने उनको भनाइ थियो ।  ‘२६९.७३ हेक्टर क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्न उद्योगबाट आवेदनसमेत लिइएको छ,’ प्रमुख सोडारीले भने, ‘अब कार्यालयमा पनि नयाँ कर्मचारी पठाएर काम अघि बढाउनेछौं ।’ उनले वनका कर्मचारीसँग समन्वय गरी कार्यालय नियमित रूपमा खोल्नका लागि सहायकस्तरको कर्मचारी खटाइएको जानकारी दिए । उनका अनुसार औद्योगिक क्षेत्र स्थापनाका लागि कूल लागत रू नौ अर्ब अनुमान गरिएको छ ।  दैजी छेला औद्योगिक क्षेत्र स्थापनाका लागि दबाब दिँदै बताउँदै यसको स्थापनाका लागि थप ढिलाइ गर्न नहुने कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले बताए । ‘औद्योगिक क्षेत्र स्थापना गरी लगानीमैत्री वातावरण बनाउन यो गतिले अझै समय लाग्ने देखिन्छ,’ उनले भने, ‘शिलान्यास गर्ने तर काममा वास्ता नगर्ने प्रवृतिले ठूला विकासे योजना समयमा सम्पन्न हुँदैनन् ।’  औद्योगिक क्षेत्रको काम चाँडो अघि बढाउन स्थानीयवासीदेखि केन्द्रसम्मका जनप्रतिनिधि, सरोकारवाला निकायलगायत सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्ने उपाध्यक्ष मल्लको भनाइ थियो । ‘औद्योगिक क्षेत्र स्थापनाको पहिलो पटक प्रस्ताव भएका बेला जन्मिएको बालक अहिले युवा तन्नेरी उमेरमा पुगिसक्यो,’ उनले भने, ‘आर्थिक स्मृद्धि ल्याउने औद्योगिक क्षेत्र अझै बाल्यअवस्थामै हुनु निराशाजन विषय हो ।’ औद्योगिक क्षेत्रका लागि बेदकोट नगरपालिकाले नौ सय बिघा जग्गा उपलब्ध गराएको भन्दै औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख सोडारीले हाल चार सय बिघामा भौतिक संरचना बन्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार औद्योगिक क्षेत्रको डीपीआर अनुसार १२४ प्लटमा साना, मझौला र ठूला गरी ११७ उद्योग स्थापना हुने छन् । रासस

दैजी–छेला औद्योगिक क्षेत्र : चर्चाको अढाइ दशकपछि गति लिँदै

वि.सं २०५१ मा घोषणा भएको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढेको छ । अढाइ दशकदेखि चर्चामा रहेको कञ्चनपुरको वेदकोट नगरपालिकास्थित औद्योगिक क्षेत्रको कार्यालय स्थापना भएसँगै कामले गति लिएको हो । १० फागनु २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त औद्योगिक क्षेत्र शिलान्यास गरेका थिए । अहिले कार्यालय स्थापनासँगै औद्योगिक क्षेत्रको रूख छपानको […]

बन्ने भयो दैजी छेला औद्योगिक क्षेत्र

कञ्चनपुर : बेदकोट नगरपालिका-२ स्थित दैजी छेला औद्योगिक क्षेत्रको कार्य अगाडी बढाइने भएको छ। अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आर्थिक वर्ष ०७८/७९ को बजेट वक्तव्यमा आगामी दुई वर्षभित्रै औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्‌। विगतमा बजेट सुनिश्चितता नहुँदा औद्योगिक क्षेत्रको कार्यले गति लिन सकेको थिएन। वि.सं. २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीका पालामा दैजी छेलालाई औद्योगिक क्षेत्रका रूपमा प्रस्तावित गरिएको थियो। औद्योगिक क्षेत्र प्रस्तावित गरिएपछि उद्योग वाणिज्य संघका पदाधिकारी...

नौ अर्ब लगानीमा दैजी छेला औद्योगिक क्षेत्र निर्माण गरिने

कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र निर्माणले गति लिने भएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । विसं २०५२ मा मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरिए पनि भौतिक निर्माण कार्य अगाडि बढ्न सकेको थिएन । रु नौ अर्ब लागतमा पाँच वर्षभित्र सो औद्योगिक क्षेत्र निर्माण हुने भएको हो । पूर्व सांसद ...

औद्योगिक क्षेत्र शिलान्यास गर्न ओली कञ्चनपुर आउँदै

कञ्चनपुर : बेदकोट नगरपालिका-२ स्थित दैजी छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न आज प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर आउँदैछन्‌।प्रधानमन्त्री ओली आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडाई गरिएको छ। पूर्व-पश्चिम राजमार्ग र शिलान्यास कार्यक्रम स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ।नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँ-ठाउँमा सुरक्षा चेकजाँचसँगै गस्ती बढाएका छन्‌। प्रधानमन्त्री ओली श्री एअरलाइन्सको जहाजमार्फत आज दिउँसो धनगढी विमानस्थलमा अवतरण गर्नेछन्‌। नेकपाका

अढाई दशकपछि सपना साकार हुँदै

अढाई दशकपछि सुदूरपश्चिमवासीको सपना साकार हुने भएको छ । प्रक्रियागत उल्झनका कारण लामो समयदेखि अलपत्र रहेको कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्र स्थापना हुने भएको हो । २०५२ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री रहेका बेलादेखि दैजीको छेलामा औद्योगिक क्षेत्र स्थापना हुने चर्चा चले पनि हालसम्म काम सुरु हुन सकेको थिएन । झन्डै अढाई दशकभन्दा बढी समयपछि औद्योगिक क्षेत्रको कार्यालय स्थापना गरिएको छ ।

आैद्योगिक क्षेत्रमा प्रदेश सरकारको चासाे

प्रदेश ७ मा सरकारले स्थापना गर्ने दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम तत्काल अघि बढाउन प्रदेश सरकार र प्रदेश सदस्यहरूले पहल अघि