कञ्चनपुर : बेदकोट नगरपालिका-२ स्थित दैजी छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न आज प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर आउँदैछन्।प्रधानमन्त्री ओली आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडाई गरिएको छ। पूर्व-पश्चिम राजमार्ग र शिलान्यास कार्यक्रम स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ।नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँ-ठाउँमा सुरक्षा चेकजाँचसँगै गस्ती बढाएका छन्। प्रधानमन्त्री ओली श्री एअरलाइन्सको जहाजमार्फत आज दिउँसो धनगढी विमानस्थलमा अवतरण गर्नेछन्। नेकपाका