रूपन्देहीको मोतीपुरमा शुक्रवार शिलान्यास गर्ने तयारी रहेको मोतीपुर औद्योगिक क्षेत्रमा तनाव भएको छ ।
स्थानीयले आफू व्यवस्थान नगरी औद्योगिक क्षेत्र बनाउन थालिएको भन्दै शिलान्यास स्थल नजिकै नाराबाजी गरेका छन् ।
औद्योगिक क्षेत्रको आज अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेलले शिलान्यास गर्ने कार्यक्रम छ ।
बिहीबार शिलान्यासको लागि तयार गरिएको मञ्च स्थानीयले भत्काइदिएका थिए । उक्त स्थानमा व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ । स्थानीयको वैकल्पिक वैकल्पिक व्यवस्था नभएसम्म र मुआब्जा नदिएसम्म शिलान्यास गर्न नदिने भन्दै...