काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसीलाई अहिले पास गर्नु भनेकाे देशलाई द्वन्द्वमा लैजानु भएको दाबी गर्नुभएको छ ।
आज आइतवार संसदमा बोल्दै अध्यक्ष लिङ्देनले एमसीसीको विषयमा सम्पूर्ण देश नै विवाद र अन्योलमा परेको बेला संसदबाट सामान्य छलफल गरेर यसलाई पारित गर्न खोज्नु आपत्तिजनक रहेको बताउनुभयो ।
‘जनता सडकमा छन्, सुरक्षा व्यवस्था कडा छ, काँडेतार लगाइएको छ, संसद्को सबैभन्दा ठूलो दल नारा र जुलुसमा छ, पूरै देशको ध्यान केन्द्रित भएको बेला एमसीसी सम्झौता अनुमोदनका लागि ...