काठमाडौं : नेकपा एमालेका सांसद देवेन्द्र दाहालले संघीय संसदको महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गरेको आरोप लगाएका छन्।सोमबार राष्ट्रिय सभाको बैठकमा उनले यस्तो आरोप लगाएका हुन्। उहाँले संघीय संसदको महासचिव पद खाली अवस्थामा हुनु र अधिवशेन सुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो? भन्दै प्रश्न गरे।महासचिवमा राष्ट्रपतिले राजनीति गरेको उनको आरोप थियो। उनले राष्ट्रपति पौडेललाई महासचिव पदमा चलखेल नगर्न चेतावनी दिए।कानुनअनुसार सिफारिस गरिएको महासचिव अविलम्व नियु