नेकपा एमालेका सांसद खगराज अधिकारीले अफगानिस्तानबाट नेपालीहरुको उद्धार नगरे संसद् चल्न नदिने चेतावनी दिएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै अधिकारीले अफगानिस्तानमा भइरहेको द्वन्द्वका कारण त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश फर्काउन पहल गर्न सरकारसँग माग गरेका हुन् ।प्रतिनिधि सभा बैठकमा उनले भने– ‘सरकारले तुरुन्त अफगानिस्तानबाट त्यहाँ रहेका नेपालीलाई उद्धार गरेर ल्याउने काम गरोस् हैन भने यो सरकार नालायक छ भनेर संसदमा हामी भन्नेछौँ । त्यहाँका नेपालीलाई सरकारले फर्काएर