काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा नेपाल एसबिआई बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको २९ लाख ४७ हजार ७५५ दशमलव ९४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर शेयरधनीले हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । कम्पनीले पुस २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।