सिद्धार्थ राजमार्ग विस्तार कार्यमा ढिलासुस्ती भएको छ। सडक विस्तारका लागि भन्दै दुई वर्षअघि सडक छेउका घर तथा टहरा भत्काइए पनि निर्माण कार्य हुन सकेको छैन। सडक डिभिजन कार्यालय पाल्पाले तीन वर्षअघिदेखि नै सडक विस्तार गर्ने नाममा सडक छेउका घर तथा टहरा हटाउन सुरु गरेको थियो। बगनासकालीको आर्यभञ्ज्याङदेखि राईडाँडासम्मका घर तथा टहरा हटाइएका थिए।