एनआईबीएल समृद्धि फन्ड–२ को पहिलो दिन मै ५४% इकाई बिक्री

काठमाडौं । एनआईबीएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबीएल समृद्धि फन्ड–२ को पहिलो दिनमा नै उत्साहप्रद रुपमा आवेदन परेको छ । इकाई खरिदको लागि कुल इकाईको ५३.४४ प्रतिशत इकाई आवेदन परिसकेको क्यापिटलले जनाएको छ । क्यापिटलले बैशाख १३ गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । फन्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । उक्त फन्डमा न

सम्बन्धित सामग्री

सोमवारदेखि एनआईसी एशिया ग्रोथ फण्ड-२ ले इकाई विक्री गर्ने

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने भएको छ । क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड-२ सञ्चालनका लागि मंसिर ४ गते सोमवारदेखि इकाई जारी गर्न लागेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । विक्री गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । यो इकाई खरीदका लागि छिटोमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने मंसिर १८ गतेसम्म विक्री लम्बिनेछ । यो इकाई खरीदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । इकाई बिक्रीका लागि खुला गरिएको अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिने व्यवस्था छ । सो अवधिसम्म न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिने व्यवस्था समेत रहेको छ । यो इकाई निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । ७ वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयबाट आवेदन दिन सकिनेछ ।  साथै मेरो शेयर अनलाईन मार्फत समेत आवेदन दिन सकिनेछ ।

प्रभु स्मार्ट फण्डको इकाई आज आइतवार सम्म मात्र विक्रीमा रहने

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले फागुन १८ गतेदेखि विक्रीमा ल्याएको प्रभु स्मार्ट फण्डको इकाई आजसम्म मात्र विक्रीमा रहने भएको छ । मागभन्दा बढी आवेदन पर्न आएकाले फागुन २८ गतेसम्म मात्र विक्री खुला गर्न लागेको जानकारी योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले दिएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाई विक्री गर्न लागेको हो । कुल १ करोड १२ लाख इकाई वा कुल विक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेडलाई र १ प्रतिशत दरको ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडलाई सुरक्षित राखिएको छ ।  बाँकी ६ करोड ८० लाख इकाई भने सार्वजनिक निष्कासनमा आएको हो । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । योजनाको इकाई निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले योजना व्यवस्थापकलाई मध्यम कर्जा जोखिम रहेको संकेत गर्ने केयर एनपी एएमसी क्वालिटी ३ रेटिङ प्रदान गरेको छ । क्यापिटलकै व्यवस्थापनमा प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो योजना १० वर्ष अवधिको बन्दमुखी प्रकृतिको रहेको छ । यस योजनाको आकार ८० करोड रुपैयाँको रहेको छ । योजनाको इकाई न्यूनतम ४ करोड विक्री हुनुपर्नेछ ।न्यूनतम इकाई विक्री हुन नसकेमा योजना खारेज गरी १५ दिनभित्र आवेदकहरूको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरू गरिने क्यापिटलले जानकारी दिएको छ ।  योजना परिपक्व भएपश्चात् योजनाको लगानीलाई नगदमा परिणत गरी प्रचलित कानूनबमोजिम इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ ।यस योजनाको इकाई बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

१० वर्ष अवधिको प्रभु स्मार्ट फण्डको इकाई आजदेखि विक्रीमा

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले फागुन १८ गतेदेखि प्रभु स्मार्ट फण्डको इकाई निष्कासन गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाई विक्री गर्न लागेको हो । कुल १ करोड १२ लाख इकाई वा कुल विक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडलाई र १ प्रतिशत दरको ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडलाई सुरक्षित राखिएको छ । बाँकी ६ करोड ८० लाख इकाई भने सार्वजनिक निष्कासनमा आएको हो ।  यो इकाई छिटोमा फागुन २३ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि चैत ५ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । योजनाको इकाई निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले योजना व्यवस्थापकलाई मध्यम कर्जा जोखिम रहेको संकेत गर्ने केयर एनपी एएमसी क्वालिटी ३ रेटिङ प्रदान गरेको छ ।   क्यापिटलकै व्यवस्थापनमा प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो योजना १० वर्ष अवधिको बन्दमुखी प्रकृतिको रहेको छ । यस योजनाको आकार ८० करोड रुपैयाँको रहेको छ । योजनाको न्यूनतम ४ करोड इकाई विक्री हुनुपर्नेछ । न्यूनतम इकाई विक्री हुन नसकेमा योजना खारेज गरी १५ दिनभित्र आवेदकहरूको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरू गरिने क्यापिटलले जानकारी दिएको छ ।   योजना परिपक्व भएपश्चात् योजनाको लगानीलाई नगदमा परिणत गरी प्रचलित कानूनबमोजिम इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ । यस योजनाको इकाई बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

एनएमबि क्यापिटलको इकाईको म्युचुअल फन्डमा भदौ ९ गतेसम्म आवेदन दिन पाइने

काठमाडौं, १ भदौ । एनएमबि क्यापिटलले बिक्री खुला गरेको इकाईको म्युचुअल फन्ड योजनामा आवेदन दिने समय थप गरिएको छ । १२ करोड इकाई विक्रि खुल्ला गरेकोमा तोकिएको समयमा सबै इकाई बिक्री नभएपछि समय थप गर्दै भदौ ९ गतेसम्म पुर्याइएको हो । क्यापिटलले साउन २६ गतेदेखि १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको […]

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको आइपीयो हालसम्म ७२ प्रतिशत बिक्री

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको आइपीयो हालसम्म  ७२ प्रतिशत बिक्रि भएको छ । यही जेठ १९ देखि २४ गतेसम्मका लागि खुलेको आइपीयोमा दोस्रो दिन आज साँझ ६ बजेसम्म ७२ प्रतिशत इकाई बिक्री भएको जनाइएको छ । एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको आइपीयोमा ६ बजेसम्म ४०,४३८ आवेदकबाट ७२ करोडभन्दा बढी खरिदको लागि आवेदन गरेका छन् । आइपीयो खरिद गर्न चहानेले २४ गतेसम्म निवेदन दिन सक्ने छन् ।

छिटो अवधिभित्र विकेन कुमारी धनवृद्धि योजनाको इकाई, जेठ २६ गतेसम्म विक्रीमा

जेठ १७, काठमाडौं । जेठ १२ गतेदेखि विक्रीमा आएको कुमारी धनवृद्धि योजनाको इकाई छिटो अवधिभित्र विक्री नभएपछि ढिलो अवधिसम्म विक्री खुला गरिने भएको छ ।  छिटो अवधि जेठ १७ गते तोकिएको थियो । सो अवधिसम्म विक्री हुन नसकेको यो इकाई ढिलो अवधि जेठ २६ गतेसम्म विक्रीमा रहने जानकारी कुमारी क्यापिटलले दिएको हो । ढिलो अवधिसम्मको मिति अघिनै माग बमोजिम आवेदन परेमा विक्री बन्द गरिने समेत क्यापिटलको भनाइ छ । क्यापिटलले प्रतिइकाई रू. १० अंकित दरका रू. एक अर्ब २० करोड बराबरको १२ करोड इकाई बिक्री गर्न लागेको हो । कुल इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणमा विक्री गर्न लागिएको हो ।  उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ ।  कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने बन्दमुखी प्रकृतिको १० वर्ष अवधिको यस फण्डको इकाई खरीदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।  साथै, मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ । क्यापिटललेनै इकाई विक्री प्रबन्धकको जिम्मेवारी पूरा गर्नेछ ।  वित्तीय प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुहोस् :