जेठ १७, काठमाडौं । जेठ १२ गतेदेखि विक्रीमा आएको कुमारी धनवृद्धि योजनाको इकाई छिटो अवधिभित्र विक्री नभएपछि ढिलो अवधिसम्म विक्री खुला गरिने भएको छ ।
छिटो अवधि जेठ १७ गते तोकिएको थियो । सो अवधिसम्म विक्री हुन नसकेको यो इकाई ढिलो अवधि जेठ २६ गतेसम्म विक्रीमा रहने जानकारी कुमारी क्यापिटलले दिएको हो । ढिलो अवधिसम्मको मिति अघिनै माग बमोजिम आवेदन परेमा विक्री बन्द गरिने समेत क्यापिटलको भनाइ छ ।
क्यापिटलले प्रतिइकाई रू. १० अंकित दरका रू. एक अर्ब २० करोड बराबरको १२ करोड इकाई बिक्री गर्न लागेको हो । कुल इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणमा विक्री गर्न लागिएको हो ।
उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ ।
कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने बन्दमुखी प्रकृतिको १० वर्ष अवधिको यस फण्डको इकाई खरीदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।
साथै, मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ । क्यापिटललेनै इकाई विक्री प्रबन्धकको जिम्मेवारी पूरा गर्नेछ ।
वित्तीय प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुहोस् :