एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको आइपीयो हालसम्म ७२ प्रतिशत बिक्रि भएको छ । यही जेठ १९ देखि २४ गतेसम्मका लागि खुलेको आइपीयोमा दोस्रो दिन आज साँझ ६ बजेसम्म ७२ प्रतिशत इकाई बिक्री भएको जनाइएको छ । एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको आइपीयोमा ६ बजेसम्म ४०,४३८ आवेदकबाट ७२ करोडभन्दा बढी खरिदको लागि आवेदन गरेका छन् । आइपीयो खरिद गर्न चहानेले २४ गतेसम्म निवेदन दिन सक्ने छन् ।