आम्दानी बढेसँगै चन्द्रागिरी हिल्सको नोक्सानी घट्यो

वैशाख १६, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेड चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेको छ । गत आवमा कम्पनीले रू. १८ करोड ११ लाख नोक्सानीमा रहेकोमा चालू आवमा घटेर रू.२ करोड ९४ लाखमा झरेको हो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नोक्सानी घटेको हो । गत आवमा तुलनामा चालू आवमा कम्पनीको आम्दानी १४१ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू.१७ करोड ४२ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ४२ करोड ३ लाख पुगेको हो । त्यसैगरी कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ५३ करोड रहेको छ  भने जगेडा रू. ४४ करोड ९४ लाख ऋणात्मक रहेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. (१ दशमलव ९२ ) र प्रतिशेयर नेटवर्थ रू. ७० दशमलव ७० रहेको छ । यस कम्पनीको मूख्य आम्दानी भनेकै कम्पनी परिसरमा भ्रमण गर्न आउने पर्यटकहरुबाट गरिने खर्च हो । पछिल्लो समय फैलिएको कोरोनाको कारण प्रभावित भएको थियो भने पछिल्लो समय भने विस्तारै  कम्पनी परिसरमा विभिन्न क्रियाकलापहरु ,विवाह समारोह ,नेपाल सरकारका निकायहरुका विभिन्न दिवा तथा आवसिय कार्यक्रमहरु लगायत महोत्सव तथा समारोहरु सञ्चालन हुदै आएका छन् । यसले गर्दा कम्पनीको आय आर्जनमा सुधार हुदै गएको कम्पनी वित्तीय विवरण मार्फत जानकारी दिएको छ ।  तेस्रो त्रैमासिक वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोला ।

सम्बन्धित सामग्री

सिटी होटल बाहेक सबै होटल तथा पर्यटन समूहका कम्पनी नाफामा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा होटल तथा पर्यटन समूहका   ६ सूचीकृत कम्पनीमध्ये कालिञ्चोक दर्शन  बाहेक सबैले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन  । उक्त वित्तीय विवरण अनुसार सिटी होटल बाहेक सोल्टी होटल, ताराँगाउँ रिजेन्सी होटल्स,ओरियण्टल होटल्स र चन्द्रागिरी हिल्स कम्पनी नाफामा रहेका छन् ।  यी कम्पनीहरुले चालू आवको पहिलो त्रैमासमा कुल रू. १२ करोड १ लाख नाफा कमाएका छन् । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ६३ दशलमव ६६ प्रतिशत वृद्धि भएको हो । सो अवधिमा कम्पनीहरुले कुल रू. ७ करोड ३४ लाख नाफा कमाएका थिए ।   आव २०८०/८१ को  पहिलो त्रैमास साउन, भदौ र असोज महिनामा होेटलमा पर्यटकीय ब्यवसायिक गतिविधिमा वृद्धि भएसँगै नाफा बढेको हो ।  सोही कारण  यी कम्पनीहरुको सञ्चालन आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा १८ प्रतिशत वृद्धि भएको छ । गत आवमा यी कम्पनीहरुको सञ्चालन आम्दानी रू.१ अर्ब ६ करोड रहेकोमा चालू आवमा बढेर रू. १ अर्ब १६ करोड पुगेको हो ।   चालू आवको पहिलो त्रैमासमा सिटी होटल रू. ६ करोड ३ लाख नोक्सानीमा रहेको छ । गत आवको पहिलो त्रैमासमा पनि यस कम्पनी रू. ८ करोड ७५ लाख नोक्सानीमा थियो । यस आधारमा होटलको नोक्सानी केही घटेको छ ।  चालू आवमा होटलको आम्दानीमा वृद्धिभएसँगै नोक्सानी घटेको हो । गत आवमा होटलको सञ्चालन आम्दानी रू. ९ करोड ९ लाख रहेकोमा चालू आवमा बढेर रू. ११ करोड ५९ लाख पुगेको छ ।  नाफामा रहेको पाँच कम्पनीहरु मध्ये सबैभन्दा बढी नाफा सोल्टी होटलले रू. १० करोड २३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको  तुलनामा भने ८ दशमलव ६३ प्रतिशत घटेको हो । गत आवमा होटलले रू. ११ करोड २० लाख नाफा कमाएको थियो ।  त्यस्तै दोस्रोमा तारागाउँ रिजेन्सी होटल्सले रू. ४ करोड ४० लाख नाफा कमाएको छ ।  यो नाफा गत आवको तुलनामा ७८ दशमलव ७० प्रतिशत वृद्धि भएको हो । गत आवमा होटल्सले रू. २ करोड ४६ लाख नाफा कमाएको थियो ।   स्रोत ः कम्पनीहरुले प्रकाशित चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण

चन्द्रागिरी हिल्सको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, अन्य सूचक कस्ता ?

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफासँगै प्रतिशेयर आम्दानीमा वृद्धि भएको छ ।  कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६३  प्रतिशत वृद्धि भएको हो ।  गत आवमा कम्पनीले रू. १ करोड ३१ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. २ करोड १३ लाख पुगेको हो ।  चालू आवमा कम्पनीको  सञ्चालन आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  सञ्चालन आम्दानी गत आवको तुलनामा चालू आवमा १० दशमलव ५९ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको सञ्चालन आम्दानी रू. १८ करोड ६४ लाख रहेकोमा चालू आवमा बढेर रू. २० करोड ६१ लाख पुगेको हो ।  नाफाबढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ८५ पैसा रहेकोमा चालू आवमा बढेर १ रुपैयाँ ३९ पैसा पुगेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ५३ करोड रहेको छ । जगेडा कोष भने रू. २१ करोड ३० लाख ऋणात्मक रहेको छ । चालू आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ ८६ रुपैयाँ ११ पैसा र चालू अनुपात ३ दशमलव २५ गुणा रहेको छ ।

पयर्टक आगमनसँगै बढ्यो चन्द्रागिरी हिल्सको आम्दानी, नाफा करिब ८०० प्रतिशत बढ्यो

काठमाडौं, ३०साउन।चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १५करोड ११लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।जुन अघिल्लो ववर्षको तुलनामा ७९६.४१प्रतिशत बढी हो।अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १करोड ६८लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चन्द्रागिरी हिल्स यो वर्ष करीब ८ करोड नाफामा

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ७ करोड ७७ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म रू. १ करोड ५८ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष नोक्सानी सुधार्दै खुद नाफा गर्न सफल भएको हो । यस वर्ष कम्पनीको सञ्चालन आम्दानी गत वर्षभन्दा करिब ४२ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ४४ करोड ४० लाखभन्दा बढी रहेको सञ्चालन आम्दानी यस वर्ष रू. ६२ करोड ९० लाखभन्दा बढी भएको हो ।  कम्पनीको कुल खर्च पनि यो वर्ष बढेको छ । गत वर्ष रू. १२ करोड ६० लाखभन्दा बढी कुल खर्च गरेको कम्पनीले यस वर्ष रू. १७ करोड ५७ लाखभन्दा बढी कुल खर्च गरेको हो ।  हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार छ । जगेडा कोष रकम भने रू. ३० करोड ७८ लाखभन्दा बढी ऋणात्मक रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ६ दशमलव ७६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने रू. ७९ दशमलव ९३ रहेको छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस

पर्यटन व्यवसायमा सुधारसँगै होटल तथा पर्यटन समूहका कम्पनीको बढ्यो नाफा

काठमाडौं । पछिल्लो समय पर्यटन व्यवसायमा सुधार आएसँगै नेप्सेमा सूचीकृत होटल तथा पर्यटन समूहका कम्पनीको नाफा उल्लेख्य रूपमा वृद्धि भएको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण शिथिल भएको पर्यटन क्षेत्र बिस्तारै पुरानै अवस्थामा फर्किन थालेको छ । नेपाल भ्रमणमा आउने पर्यटकहरूको संख्या वृद्धि भएकाले गत वर्ष नोक्सानीमा रहेका होटलहरू यस आवमा नाफामा गएका छन् ।  नेपाल स्टक एक्सचेन्जमा तीन ओटा होटल र टुरिजम समूहको चन्द्रागिरी हिल्स सूचीकृत छन् । यी चार ओटै कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यी कम्पनीहरूमध्ये सबैभन्दा बढी नाफा सोल्टी होटल लिमिटेडको रहेको छ । यस होटलले चालू आवको दोस्रो त्रैमाससम्म रू. २५ करोड १४ लाख नाफा कमाएको छ ।  यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ४१२ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले रू. ४ करोड ९० लाख नाफा कमाएको थियो ।  पछिल्लो समयमा पर्यटन व्यवसायमा सुधार आएकोले होटलको सञ्चालन आम्दानी पनि उल्लेख्य वृद्धि भएको छ । गत आवमा होटलको सञ्चालन आम्दानी रू. ५ करोड २४ लाख रहेकोमा चालू आवमा रू. ३० करोड ६२ लाख पुगेको छ । त्यस्तै दोस्रोमा तारागाउँ रिजेन्सी होटलले चालू आवमा मात्रै रू. १० करोड ६१ लाख नाफा कमाएको छ । गत आवमा यो होटल रू. १२ लाख ५९ हजार नोक्सानीमा थियो । चालू आवमा यस होटलको सञ्चालन आम्दानीमा वृद्धि भएको छ । गत आवमा यस होटलको सञ्चालन आम्दानी रू. २६ करोड ४७ लाख रहेकोमा चालू आवमा रू. ५३ करोड ११ लाख पुगेको छ ।  त्यसैगरी पर्यटन समूहको चन्द्रागिरी हिल्स लिमिटेडले चालू आवमा रू. ५ करोड १४ लाख नाफा कमाएको छ । गत आवमा कम्पनी रू. ५८ लाख ६ हजार नोक्सानीमा थियो । आन्तरिक पर्यटकहरूको भ्रमणमा भएको वृद्धिका कारण कम्पनीको आर्थिक क्रियाकलाप बढेर कम्पनीको व्यापार व्यवसायमा वृद्धि भएको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ । साथै नेपाल भ्रमण गर्ने तथा नेपालमा कार्यक्रम गर्ने विदेशी पर्यटकहरूको संख्यामा समेत सुधार भएको र पर्यटकहरूको गतिविधिमा वृद्धि भएकोले कम्पनीको नाफामा सुधार आएको हो । कम्पनीको सञ्चालन आम्दानी गत आवमा रू. २८ करोड ९२ लाख रहेकोमा चालू आवमा बढेर रू. ४० करोड ८२ लाख पुगेको छ ।  त्यस्तै ओरियण्टल होटल्सले चालू आवमा रू. ३ करोड ६५ लाख नाफा कमाएको छ । गत आवमा भने होटल्स रू. ८ करोड नोक्सानीमा थियो । यस होटल्सको पनि आम्दानी वृद्धि भएकाले नाफामा सुधार आएको हो । गत आवमा होटल्सको सञ्चालन आम्दानी रू. १५ करोड ९ लाख भएकोमा चालू आवमा बढेर रू. ४३ करोड ९० लाख पुगेको छ ।  कसको नाफा कति ? कम्पनीको नाम नाफा रू. हजारमा (दोस्रो त्रैमास)  फरक प्रतिशत     चालू आव             गत आव सोल्टी होटल  २५१४३८ ४९०३४ ४१३ तारागाउँ रिजन्सी होटल १०६१६७ – १२५९ – चन्दागिरी हिल्स ५१४८७ – ५८०६ – ओरियण्टल होटल्स ३६५७५ – ८००२७ –  स्रोत : कम्पनीद्वारा प्रकाशित चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण ।

चन्द्रागिरी हिल्स पहिलो पटक नाफामा, ईपीएस १.६७ रुपैयाँ

चन्द्रागिरी हिल्स आईपिओ निष्काशन गरेपछि पहिलोपटक नाफामा गएको छ। आर्थिक वर्ष ७८/७९ मा कम्पनीले २ करोड ५५ लाख खुद नाफा कमाएको हो । आर्थिक वर्ष ७७/७८ मा कम्पनी २७ करोड घाटामा रहेको थियो ।यस अवधिमा कम्पनीको संचालन आम्दानी ६६ करोड ९८ लाख रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामामा २०२ प्रतिशत बढी हो। अहिल्लो आर्थिक वर्षमा कम्पनीको संचालन आम्दानी २२ करोड १९ लाख मात्र थियो । १ अर्ब ५३ करोड चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भ भने ३९ करोड ४४ लाख ऋणात्मक रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी १.६७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ७४.२७ रुपैयाँ रहेको छ । आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासमा कम्पनीको अधिकतम शेयर मूल्य १३४३ रुपयाँमा कारोबार भएको थियो भने न्युनतम ९२४ रुपैयाँमा कारोबार भएको थियो । आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिक समीक्षा अवधिमा कम्पनीको आर्थिक क्रियाकलापा तुलनात्मक रूपमा राम्रो रहन गएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस अवधिको पहिलो महिनादेखि नै आर्थिक क्रियाकलापमा क्रमशः सुधार हुँदै जाँदा कम्पनीको व्यापार व्यवसायमा बृद्धि भएको हो।कम्पनीले भनेको छ 'कम्पनीको मुख्य आय भनेको आन्तरिक तथा बाह्य पर्ययटकले कम्पनीले सञ्चालन गरेका केबलकार, जिपलाइन, भ्यु टावरलगायत पर्यटकीय गतिविधिको प्रयोगबाट प्राप्त हुने आय नै हो। आन्तरिक पर्यटनको सकारात्मक बृद्धि तथा छिमेकी मुलुक भारतबाट भ्रमण आउने पर्यटकको संख्यामा भएको उल्लेख्य सुधारको फलस्वरूप कम्पनी परिसरभित्र भ्रमणमा आउने पर्यटकको संख्या तुलनात्मक रूपमा वृद्धि भयो। आन्तरिक तथा बाह्य हवाई उडानमा भएको सहजता तथा विश्वव्यापी रूपमा पर्यटन गतिविधिमा भएको वृद्धिको सकारात्मक प्रभाव नेपालमा पनि देखिन थाल्यो । जसको फलस्वरूप भारतीय तथा अन्य तेस्रो मुलुकबाट आउने पर्यटकहरूको चहलपहलमा उल्लेख्य सुधार हुँदै आएको छ । यसको प्रत्यक्ष प्रभाव कम्पनीको पछिल्लो समयको आयमा हुन गयो।' यस अवधिमा कम्पनीले सञ्चालनमा ल्याएका विभिन्न पर्यटकिय गतिविधिको प्रयोग तथा भ्रमण र रिसोर्टमा वास बस्न आउने स्वदेशी पर्यटकको संख्यामा धेरै सुधार भएको कम्पनीले जनाएको छ । जसको प्रत्यक्ष प्रभाव कम्पनीको आयमा देखिएको कम्पनीले उल्लेख गरेको छ। सहवित्तीयकरण कर्जा एवं चालू पुँजीको साबा-व्याज तोकिएको समयमा भुक्तानी गरिदै आएको कम्पनीले जनाएको छ।

चन्द्रागिरी हिल्स १ करोड ७५ लाखभन्दा बढी नोक्सानीमा

माघ १७, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. १ करोड ७५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।  सोमवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा खुद नोक्सानीमा कमी आएको हो ।  गत वर्ष यस अवधिसम्म कम्पनी रू. १२ करोड ३२ लाखभन्दा बढी खुद नोक्सानीमा थियो । यसवर्ष सञ्चालन आम्दानी ४०३ प्रतिशत बढेकाले कम्पनीको खुद नोक्सानीमा कमी आएको हो ।  गत वर्ष रू. ५ करोड १५ लाखभन्दा बढी केबलकार सञ्चालनबाट आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २५ करोड ९२ लाखभन्दा बढी यो आम्दानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार छ । जगेडा कोष रकम भने रू. ४३ करोड ७५ लाखभन्दा बढी ऋणात्मक रहेको छ । गत वर्ष यस अवधिसम्म रू. २६ करोड २९ लाखभन्दा बढी यो रकम ऋणात्मक रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको जगेडा कोषको ऋणात्मक रकममा भने वृद्धि भएको छ ।  कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. २ दशमलव २९ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव ४८ रहेको छ ।

आम्दानी घटेसँगै चौथो त्रैमासमा चन्द्रागिरी हिल्सको नोक्सानी बढ्यो*

साउन २५, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनकि गरेको छ ।  वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा वृद्धि भएको छ । अघिल्लो आवमा रू. १० करोड ६६ लाख १६ हजार नोक्सानीमा रहेको उक्त कम्पनीको नोक्सानी गत आवमा वृद्धि भएर रू. २५ करोड ३८ लाख ४२ हजार पुगेको हो ।  अघिल्लो आवको तुलनामा कम्पनीको सञ्चालन आम्दानी पनि ४६ प्रतिशतले कमि आएको छ । अघिल्लो आवमा सञ्चालन आम्दानी रू. ४१ करोड ३० लाख ८३ हजार रहेको उक्त कम्पनीको आम्दानी गत आवमा घटेर रू. २२ करोड १५ लाख ७८ हजारमा सीमित भएको हो । कम्पनी कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको छ । कोरोना  महामारी नियन्त्रणका लागि सरकारले गत वर्ष पनि लकडाउन गरेको थियो । गत वर्ष  र यस वर्ष, हालसम्म पनि चन्द्रागिरी केबलकार तथा रिसोर्ट खुला हुन सकेको छैन । यस कारण पनि कम्पनीको नोक्सानी बढेको हो ।  कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रहेको छ । कम्पनीको जगेडा कोष पनि रू. ३९ करोड ३५ लाख ६० हजार ऋणात्मक रहेको छ । नोक्सानी भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी रू. १६ दशमलव ५५ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ७४ दशमलव ३५ रहेको छ ।   *कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रहेको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।