काठमाण्डाै - सरकारले २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएपछि मेला महोत्सव स्थगित हुन थालेका छन् ।
कोरोना भाइरसको सङ्क्रमणदर बढ्न थालेपछि सरकारले सार्वजनिक ठाउँमा हुने भिडजन्य गतिविधिमा रोक लगाएको छ ।
गृह मन्त्रालयले कोभिड–१९ व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको सिफारिसका आधारमा भेला तथा मेला महोत्सव गर्न रोक्ने निर्णय कार्यान्वयन गरेको हो । यो निर्णयसँगै विभिन्न ठाउँमा तय भएका मेला महोत्सव स्थगित भएका छन् ।
अत्तरिया उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि हुन लागेको कैलालीको ‘सुदूरपश्चिम प्रादेशिक महो...