आर्थिक विकासमा मेला-महोत्सव

यतिबेला देशका विभिन्न स्थानमा मेला, महोत्सव र प्रदर्शनीहरूको सिलसिला चलिरहेको छ । विशेष गरी दसैंतिहार आसपासदेखि वैशाखसम्म यस्ता महोत्सव, औद्योगिक मेला, व्यापार मेला र प्रदर्शनीहरू हुने गरेका छन् । कोभिड महामारीका कारण सिर्जित असहज अवस्थाका कारण बितेका दुई–तीन वर्षयता रोकिएका मेला–महोत्सवहरू पुनः सुचारु हुन थालेका छन् । बर्सेनि लाखौं मानिस संलग्न हुने र ठूलै आकारको […]

सम्बन्धित सामग्री

दिङ्ला बहुउद्देश्यीय धर्मशालाको काम ९० प्रतिशत सम्पन्न

भोजपुर । प्रदेश १ सरकारको ४ करोड ८४ लाख लागतमा निर्माण भइरहेको दिङ्ला बहुउद्देश्यीय धर्मशालाको काम ९० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेको करीब १४ महिना अवधिमा धर्मशालाको निर्माण अन्तिम चरणमा पुगेको हो । बालागुरु षडानन्दको जन्मभूमि भोजपुरको दिङ्लामा उक्त धर्मशाला निर्माण भइरहेको छ । तीनतले भवन ३० मिटर लम्बाइ र २० मिटर चौडाइको छ । निर्माण अवधि आगामी असोज महीनासम्म भए पनि तोकिएको अवधिभन्दा अगाडि सक्नेगरी काम भइरहेको निर्माण कम्पनीले बताएको छ । धर्मशाला निर्माणपछि विभिन्न समयमा हुने मेला, महोत्सव तथा अन्य विविध कार्यक्रम व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ । प्रदेश सरकारले विषेश महŒवका साथ अघि बढाएको धर्मशालाले षडानन्द नगरपालिकाको विकासमा टेवा पुग्ने षडानन्द नगरपालिकाकी उपप्रमुख मेरिका राईले बताइन् । निर्माणाधीन धर्मशालाको अनुगमन तथा निर्माणका क्रममा आइपर्ने समस्यामा षडानन्द नगरपालिकाले पनि सहयोग गर्दै आएको छ । भवनलाई गुणस्तरीय तवरबाट समयमै सम्पन्न गराउन नगरपालिकाले पहल गरिरहेको नगर प्रमुख वीरबल राईले बताए । धार्मिक तथा ऐतिहासिक महŒव बोकेको दिङ्ला बजारको विकासमा प्रदेश सरकारले विभिन्न योजना सञ्चालनमा ल्याएसँगै स्थानीयवासी उत्साहित बनेका छन् ।

महोत्सवमा फजुल खर्च गर्दै गाउँपालिका

डुंगेश्वर गाउँपालिकाले आफ्नै आयोजना र खर्चमा डुंगेश्वर सास्कृतिक महोत्सव गर्न थालेको छ। जनताका आवश्यकता र विकासमा केन्द्रित भएर काम गर्ने समयमा मेला, महोत्सव गरेर फजुल खर्च गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन्।