मेला, महोत्सव, भेला, सम्मेलन स्थगित गर्न कास्की प्रशासनको आग्रह

कास्कीमा स्थानीय स्तरमा भइरहेका मेला, महोत्सव लगायतका कार्यक्रम सञ्चालन नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको नेपालमा सङ्क्रमण देखिएपछि क्रमशः दिनप्रतिदिन उच्च रूपमा सङ्क्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले मेला महोत्सव लगायतका कार्यक्रम नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।  प्रशासनले कोभिडको सङ्क्रमण र मृत्युदर बढ्न थाले पछि त्यसलाई बल पुग्ने खालका मेला, महोत्सव लगायतका कार्यक्रम स्थगित गर्न आग्रह गरिएको कास्कीका प्रमुख जिल्ला