काठमाडौं महानगरपालिकाले सहकारीबाट बचतकर्ता ठगिने सिलसिला बढेपछि मातहतका सहकारीको नियमनमा चासो देखाएको छ । महानगरपालिकाको सहकारी विभागले आज एक सूचना प्रकाशित गरी महानगरले तोकेको समयमा सबै सेयर सदस्यलाई उपस्थित गराई साधारणसभा...
काठमाडौं । देशभरका ३० हजार सहकारीमध्ये झण्डै १५ हजार सहकारीबाट करिब ७३ लाख बचतकर्ता ठगिएका छन् । आफूले बचत गरेको रकम फिर्ता हुनुपर्ने माग गर्दै पीडितहरूले विगत केही समयता देशव्यापी रुपमा निरन्तर आन्दोलन गरिरहेका छन् । तर, राज्यले उनीहरुको माग अझै सुनुवाइ गर्न सकेको छैन । आफ्नो दैनिकबाट जोगाएर थोरै थोरै रकम सहकारीमा जम्मा गर्ने […]
परासी । नवलपरासीको बर्दघाट नगरपालिकाले सहकारीबाट ऋण लिएका ऋणीलाई तत्काल साँवा, ब्याज भुक्तानी गर्न उर्दी जारी गरेको छ । नगरपालिकाले सार्वजनिक सूचना नै निकालेर तत्काल साँवा व्याज तिर्न ताकेता गरेको हो । सूचनामा ऋण नतिर्ने ऋणीलाई नगरपालिकाबाट प्रदान गरिने सेवा सुविधासमेत बन्द गरिने चेतावनी दिइएको छ । ऋणीहरुलाई पटक पटक ताकेता गर्दासमेत ऋण भुक्तानी नगरेका […]
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले सहकारीबाट बचतकर्ता ठगिने क्रम बढेपछि मातहतका सहकारीको नियमनमा चासो देखाएको छ ।
महानगरपालिकाको सहकारी विभागले बुधवार एक सूचना प्रकाशित गरी महानगरले तोकेको समयमा सबै शेयर सदस्यलाई उपस्थित गराई साधारणसभा सम्पन्न गर्न निर्देशन जारी गरेको छ । साथै महानगरपालिकालाई संस्थाको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन आग्रह गरिएकाे छ ।
यसैगरी महानगरका मेयर बालेन्द्र शाहले पनि सहकारीको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन मातहतका सहकारीहरूलाई निर्देशन दिनु...
काठमाडौँ- सहकारी व्यवस्थापन समितिको कार्यालयले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीको नाम कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । ऋणीलाई आफूले लिएको ऋण तिर्न पटकपटक पत्राचार गर्दा पनि नतिरेकाले कालोसूचीमा राख्ने, राहदानी रोक्का गर्ने, राहदानी जारी नगर्ने, सम्पत्ति रोक्का गर्ने र धितो लिलाम बिक्रीको प्रक्रियामा लागेको समितिको कार्यालयका प्रवक्ता केशवप्रसाद पौडेलले जानकारी […]
‘सहकारीबाट ऋण मिलाइदिन्छु’ भनेर ठगेको आरोपमा प्रहरीले ललितपुरबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१ कृष्णमन्दिर बस्दै आएका ५६ वर्षीय मणी कुमार थापा छन् ।अछामको चौरपाटी गाउँपालिका घर भएका नरेन्द्र कुमार भुललाई थापाले बाँसबारीमा संचालित चण्डोल बहुउद्देश्यिय सहकारीबाट ३० लाख ‘ऋण मिलादिन्छु’ भनेर ठगेका हुन् । आरोपीले सदस्य पहिचान फारम र शेयर दरखास्त फारम भर्न लगाएर पीडितबाट ३ लाख १२ हजार ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अ
भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित खल्पिटार बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख ९८ हजार ५ सय १२ रुपैयाँ चोरी भएको छ । सहकारीबाट उक्त रकम मंगलबार राति चोरी भएको प्रहरीले जनाएको छ । सहकारीको च्यानलगेट फुटाएरभित्र दराज तथा सेफमा रहेको नगद चोरी भएको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट […]
काठमाडौं : भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित एक सहकारीबाट रकम चोरी भएको छ।गणेश मन्दिर नजिक रहेको अभिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ९ लाख २९ हजार ३ सय रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ। अज्ञात समूहले गएराति ढोका फुटाएर रकम चोरी गरेको महानगरीय प्रहरी वृत जगातीका डिएसपी रामबहादुर केसीले जानकारी दिए। चोरीको घटनाबारे अनुसन्धान भइरहेको केसीले बताए।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित गणेश मन्दिर नजिक रहेको सहकारीबाट रकम चोरी भएको छ । अभिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ९ लाख २९ हजार ३ सय रुपैयाँ चोरी भएको हो ।गएराति अज्ञात समूहले ढोका फुटाएर रकम चोरी गरेको र त्यसबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत जगातीका डिएसपी रामबहादुर केसीले रातोपाटीलाई बताए । चोरी गर्ने समूहले सहकारीको दराजमा राखेको नगद लगेका थिए ।
काठमाडौं। काठमाडौं महानगरपालिका–२९ मैतीदेवीस्थित गौथली ऋण तथा सहकारी संस्थाबाट ९ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। सहकारीबाट सुनका विभिन्न गहना र नगद २ लाख २३ हजार रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ। साथै सोही घरमा रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाबाट समेत १ थान कम्प्युटर र मोबाइल चोरी भएको प्रहरीले बताएको छ।