निषेधाज्ञाको मौकामा सहकारीबाट साढे ९ लाखभन्दा बढीको धनमाल चोरी

काठमाडौं। काठमाडौं महानगरपालिका–२९ मैतीदेवीस्थित गौथली ऋण तथा सहकारी संस्थाबाट ९ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। सहकारीबाट सुनका विभिन्न गहना र नगद २ लाख २३ हजार रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ। साथै सोही घरमा रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाबाट समेत १ थान कम्प्युटर र मोबाइल चोरी भएको प्रहरीले बताएको छ।

सम्बन्धित सामग्री

घर र मोबाइल पसलबाट विभिन्न धनमाल चोरी

काठमाडौं र नवलपरासी पूर्वबाट विभिन्न धनमाल चोरी भएको छ । काठमाडौं, तार्केश्वर नगरपालिका-८ शेषमती भेटघाट चोक बस्ने ५१ वर्षीय कृष्ण प्रसाद पौडेलको घरमा कोही नभएको अवस्थामा ताला फुटाई नगद ४० हजार रूपैयाँ र सुनका विभिन्न गरगहना गरी करिब ३ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ । त्यस्तै नवलपरासी पूर्व, गैंडाकोट …

केसी र रायमाझीको घरबाट विभिन्न धनमाल चोरी

काठमाडौंका विभिन्न स्थानबाट विभिन्न धनमाल चोरी भएको छ ।  काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ बस्ने प्रदिप जंग केसीको घरको मुल ढोकाको ताला फुटाई सुन तथा चाँदीका विभिन्न गहना र मोबाइल १ थान गरी करिब ५ लाख १५ हजार रूपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको छ । प्रहरीले शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएको छ । यसैगरी …

काठमाडौं र मोरङबाट विभिन्न धनमाल चोरी

काठमाडौं र मोरङबाट विभिन्न धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका-२६ म्हैपी डेरा गरी बस्ने बारा सिमरा उपमहानगरपालिका-२ घर भएकी २७ वर्षीया सिमा ढकाल पाठकको कोठाबाट सुनका विभिन्न गरगहना र मोबाइल १ थान गरी करिब ७ लाख ७६ हजार रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको हो । त्यस्तै मोरङ, पथरी शनिश्चरे नगरपालिका-४ सोमबारेस्थित सिद्धेश्वरी सहकारी …

विभिन्न धनमाल चोरी

काठमाडौँका विभिन्न स्थानबाट विभिन्न धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका-१६ बनस्थली नर्सरी चोक डेरा गरी बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका-४ घर भएका ४० वर्षीय रामहरी सिमखडाको कोठाबाट कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर सुनका विभिन्न गहना र नगद ४६ हजार ४ सय रूपैयाँ गरी करिब ४ लाख ४ सय रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी …

भाँडा पसलबाट दुई लाख बराबरको धनमाल चोरी

काठमाडौं–  भाँडा पसलबाट दुई लाख बराबरको धनमाल चोरी भएको छ । सोमबार दिउँसो काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित ५२ वर्षीया रेनुका पहिजुको भाँडा पसलबाट विभिन्न भाँडावर्तनहरू गरी करिब २ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ललितपुरमा २१ लाख बराबरको धनमाल चोरी

काठमाडौं– ललितपुरमा २१ लाख बराबरको धनमाल चोरी भएको छ । ललितपुर महानगरपालिका-३ सानेपा स्थित ओम शान्ति मार्ग बस्ने ६१ वर्षीय ठाकुर ढकालकाे घरमा आइतबार राति चाेरी भएको हो । ढकालको घरबाट सुनका विभिन्न गहना र नगद ४० हजार रुपैयाँ तथा अमेरिकी डलर ७ सय समेत गरी करिब २१ लाख २ हजार ४ सय रुपैयाँ बराबरको धनमाल चोरी […]

बुढानीलकण्ठबाट ३० लाखबराबरको धनमाल चोरी

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ बूढानीलकण्ठ गैरीगाउँमा सुन र हिराका गहनासहित ३० लाखबराबरको धनमाल चोरी भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरबाट सो चोरी भएको हो। उनको घरबाट विभिन्न...

ढोका फोडेर ७ लाखको धनमाल चोरी

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ बाट ७ लाख ८५ हजार बराबरको धनमाल चोरी भएको छ । चन्द्रागिरी–१३ स्थित ३५ वर्षीया रोशनी खरेलको घरमा कोही नभएको अवस्थामा घरको ढोकाको ताला फोडेर सुनका गरगहना र ल्यापटप चोरी भएको प्रहरीले जनाएको छ ।बिहीबार करिब ७ लाख ८५ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको बारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।

उपत्यकामा एकैदिन तीन ठाउँबाट २० लाखभन्दा धेरैको धनमाल चोरी

उपत्यकाका विभिन्न ठाउँमा करिब २० लाख मुल्य बराबरको धनमाल चोरी भएको छ । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–८ बेसीगाउँकी सुमित्रा थापाको घरमा अज्ञात समुह प्रवेश गरि सुनका गरगहनासहित १० लाख रूपैयाँ मुल्य...

धनमाल चोरी गर्ने ३ जना पक्राउ

बर्दिया, १७ साउन । विभिन्न धनमाल चोरी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । भारत राइपुर सेईबजार मुजगाहान “शंकराचार्य कलेज” का अध्यक्ष निशान त्रिपाठीको घरबाट विभिन्न धनमाल चोरी गरेको अभियोगमा ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा निशानकै घरमा काम गर्ने बर्दिया ठाकुरबाबा नगरपालिका ४ बाउनपुर गाउँ बस्ने २२ वर्षीय […]