ललितपुरको पाटन दरबार क्षेत्र परिसरमा लिच्छविकालीन शिलालेख फेला परेको छ । ढल खन्ने क्रममा भीमसेन मन्दिर अगाडिको सुवर्ण झ्याल नजिक करिब ६ फिट अग्लो लिच्छविकालीन शिलालेख भेटिएको हो । लिपिविज्ञ श्यामसुन्दर राजवंशीका अनुसार यसमा १५ पंक्ति अभिलेखको पाठ छ । शिलालेखमा लिच्छवि लिपि र प्रौढ संस्कृत भाषा छ ।