राजा सिद्धिनरसिंह मल्लले मनिङ्ल राजप्रासाद विस्तार गर्ने क्रममा त्यहाँ रहेको बौद्ध विहार स्थानान्तरण गरेको किंवदन्तीलाई पुष्टि गर्ने गरी सोही क्षेत्रमा लिच्छविकालीन शिलालेख प्राप्त भएको छ ।
यसअघि २०७८ भदौ २९ का दिन उत्खननकै क्रममा पूर्व मध्यकालका शिलालेख पनि भेटिएको थियो । प्राप्त शिलालेखलाई पाटन सङ्ग्रहालयमा सुरक्षित गरिएको पुरातत्त्वविद् प्रकाश दर्नालले जानकारी दिनुभयो ।
पाटन दरबार सुवर्ण झ्यालअगाडि ढल खन्ने क्रममा छ फिट अग्लो लच्छिविकालीन शि