ललितपुर । विश्व सम्पदा सूचीकृत पाटन दरबार क्षेत्र परिसरमा ढल खन्ने क्रममा लिच्छविकालीन अभिलेख भेटिएको छ । भीमसेन मन्दिर अगाडि सुवर्ण झ्यालमुनि ६ फिट अग्लो लिच्छविकालीन अभिलेख भेटिएको लिपिविज्ञ श्यामसुन्दर राजवंशीले बताउनुभयो । लिपिविज्ञ श्यामसुन्दरका अनुसार अभिलेख पुरातत्त्वविद् प्रकाश दर्नालको टोलीले सो शिलालेख भेट्टाएको हो । जुन अभिलेख गोकर्ण बालुवा गाउँमा अभिलेख राखिएकै वर्षमा राखिएको […]