हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु

हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरेपश्चात् ‘हिमालयन बैंक लिमिटेड’को नामबाट

सम्बन्धित सामग्री

हिमालयन क्यापिटल र सिभिल क्यापिटलले भोलिदेखि एकीकृत कारोबार गर्ने

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल लिमिटेडलाई प्राप्ति गरी मङ्सिर १५ गते (भोलि)देखि एकीकृत कारोबार गर्ने भएको छ । हिमालय बैंक र सिभिल बैंक एक भएसँगै यी बैंकका सहायक कम्पनीको रूपमा रहेका क्यापिटलहरू पनि एक हुन लागेका हुन् । प्राप्तिसम्बन्धी प्रस्ताव दुवै कम्पनीहरूले भदौ २७ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारण सभाबाट पारित गरेका थिए । कम्पनी रजिष्ट्रारको कार्यालयबाट मङ्सिर १२ गते प्राप्तिसम्बन्धी स्वीकृति प्रदान गरेसँगै यी कम्पनीहरूले एकीकृत कारोबार गर्न लागेका हुन् । हिमालयन क्यापिटल लिमिटेडले कारोबार सञ्चालनका लागि २०७६ साउन २६ गते र सिभिल क्यापिटल लिमिटेडले २०६५ चैत ३० गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको थियो ।

७ महीनामा वाणिज्य बैंकहरूले कमाए ४१ अर्बभन्दा बढी नाफा, नबिल बैकको सबैभन्दा बढी

काठमाडौं । चालू आर्थिक वर्षको सात महीना (साउनदेखि माघसम्म)मा २२ वाणिज्य बैंकहरूले कुल रू. ४१ अर्ब ३ करोड नाफा कमाएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा देखाइएको छ । २२ वाणिज्य बैंकहरूमध्ये नबिल बैंकले सबैभन्दा बढी रू. ४ अर्ब १३ करोड नाफा कमाएको छ ।  नबिल बैंकपछि तीन बैंकले ३ अर्बभन्दा बढी नाफा कमाएका छन् । एनआईसी एशिया बैंकले रू. ३ अर्ब ६८ करोड, ग्लोबल आइएमई बैंकले रू. ३ अर्ब ५५ करोड र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले रू. ३ अर्ब ७ करोड नाफा कमाएका छन् ।  उक्त अवधिमा कृषि विकास बैंकले सबैभन्दा कम रू. १० करोड नाफा कमाएको छ । पुस मसान्तसम्म यो बैंक रू. १ अर्ब २८ करोड घाटामा थियो । यस आधारमा बैंकको नाफामा सुधार आएको छ ।  यसैगरी सिभिल बैंकले रू. ७८ करोड नाफा कमाएको छ । हाल भने सिभिल बैंक हिमालयन बैंकसँग गाभिएर फागुन १२ गतेदेखि एकीकृत कारोबार भइसकेको छ ।   त्यस्तै सन्राइज बैंकले रू. ८६ करोड नाफा कमाएको छ । यीबाहेक अन्य बैंकले १ अर्बभन्दा धेरै नाफा कमाएका छन् । कसले कति कमाए ?

शुक्रवारदेखि एक हुँदै हिमालयन र सिभिल बैंक, सिभिल बैंकको शेयर कारोबार रोक्का

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंक लिमिटेडले प्राप्ति प्रक्रिया पूरा गरी फागुन १२ गते शुक्रवारदेखि एकीकृत कारोबार शुरू गर्दै छन् । दुवै बैंकले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभामार्फत प्राप्तिसम्बन्धी प्रस्तावलाई पारित गरेका थिए । दुई बैंक एक भई हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुँदै छ । हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८० दशमलव २८ को अनुपातमा शेयर आदानप्रदान गर्दै प्राप्ति गरेको हो । यस आधारमा सिभिल बैंकको १०० कित्ता शेयर हुने शेयरधनीहरूले प्राप्तिपश्चात् हिमालयन बैंकको ८० दशमलव २८ कित्ता शेयर प्राप्त गर्नेछन् ।  प्राप्तिपश्चात् बैंकको रजिष्टर्ड कार्यालय हाल हिमालयन बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान कमलादी, काठमाडौंमा रहनेछ । प्राप्ति प्रक्रिया पूरा गर्नुअघि नै दुवै बैंकले आफ्ना सदस्यहरूलाई गत वर्षको मुनाफाबाट वितरण गर्ने गरी लाभांश पारित गरिसकेका छन् । पुस २८ गते सम्पन्न वार्षिक साधारण सभामार्फत नै दुवै बैंकले लाभांश प्रस्ताव पारित गरिसकेका हुन् ।  यस वर्ष सिभिल बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ९ अर्ब ७ करोड ५८ लाख ४४ हजारको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । बैंकले बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतसमेत गराइसकेको छ । बोनसपछि बैंकको चुक्तापूँजी रू. ९ अर्ब ५२ करोड ९६ लाख ३६ हजार पुगेको छ । त्यस्तै हिमालयन बैंकले चुक्तापूँजी रू. १२ अर्ब ९६ करोड ८७ लाख २५ हजारको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११ दशमलव ११ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । बैंकले नगद लाभांश वितरण गरी बोनस शेयरसमेत धितोपत्र दोस्रो बजारमा सूचीकृत गराइसकेको छ । हिमालयन बैंकको ८ प्रतिशत बोनसपछि चुक्तापूँजी रू. १४ अर्ब ६२ लाख २३ हजार कायम भएको छ । शुक्रवारदेखि एकीकृत कारोबार शुरू गर्ने भएसँगै नेप्सेले प्राप्ति हुन लागेको सिभिल बैंकको शेयर कारोबार रोक्का गरेको छ । पछिल्लो समय मर्जर तथा प्राप्ति प्रक्रिया पूरा गरी एकीकृत कारोबार गरेको बढीमा १५ दिन कारोबार रोक्का गर्नुपर्ने व्यवस्थाबमोजिम नेप्सेले सिभिल बैंकको शेयर कारोबार फागुन १२ गतेदेखि लागू हुने गरी रोक्का गरेको हो ।

सिभिल र हिमालयन बैंकको एकीकृत कारोबार १२ फागुनदेखि

सिभिल बैंक र हिमालयन बैंकको एकीकृत कारोबार १२ फागुनदेखि शुरू हुने भएको छ । दुवै बैंक मर्जर प्रक्रियामा गएपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार शुरू हुन लागेको हो ।

मर्जरमा सिभिल बैंकका कर्मचारीको असन्तुष्टि

हिमालयन बैंकसँगको मर्जरपछि एकीकृत कारोबार सुरू गर्ने क्रममा रहेको बेला सिभिल बैंकका कर्मचारीहरूले आन्दोलन सुरू गरेका छन् । हिमालयन र सिभिल बैंक मर्जरका क्रममा हुने कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै सिभिलतर्फका कर्मचारीले आन्दोलन सुरू गरेका हुन् । सिभिलतर्फका कर्मचारीहरूले एक तह घटुवा हुने गरी कर्मचारी समायोजन गर्न लागिएकाले त्यसको विरोध गरेका हुन् । जसअन्तर्गत बुधबार बिहान […]

सिभिल बैंक प्राप्ति गर्न हिमालयन बैंकले पायो अन्तिम स्वीकृति

काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति (एक्विजिसन) गर्न अन्तिम स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको हालै बसेको बैठकले हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिने निर्णय गरेको हो । उक्त निर्णयसँगै हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रिया पूरा भएको छ ।    हिमालयनले सिभिललाई १०० बराबर ८० दशमलव २८ शेयर मिलान अनुपात (स्वाप रेसियो) मा प्राप्ति गर्न लागेको हो । जसअनुसार सिभिल बैंकको १०० कित्ता शेयर हुने शेयरधनीले हिमालयन बैंकको ८० कित्ता पाउने छन् ।दुवै बैंक एक भएपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार शुरु हुनेछ । यता, दुवै कम्पनीकोे गत पुस २८ गते सम्पन्न साधारण सभाले पनि हिमालयनले सिभिललाई प्राप्ति हुने प्रस्ताव पारित गरिसकेको छ । अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि दुवै कम्पनीको एकीकृत कारोबार शुरु हुनेछ ।

हिमालयन बैंकद्वारा सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने प्रस्ताव पारित

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको तीसौँ वार्षिक साधारण सभाले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।  बिहीबार काठमाडौँमा बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले हिमालयन बैंक लिमिटेडले