सिभिल र हिमालयन बैंकको एकीकृत कारोबार १२ फागुनदेखि

सिभिल बैंक र हिमालयन बैंकको एकीकृत कारोबार १२ फागुनदेखि शुरू हुने भएको छ । दुवै बैंक मर्जर प्रक्रियामा गएपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार शुरू हुन लागेको हो ।

सम्बन्धित सामग्री

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु

हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरेपश्चात् ‘हिमालयन बैंक लिमिटेड’को नामबाट

शुक्रवारदेखि एक हुँदै हिमालयन र सिभिल बैंक, सिभिल बैंकको शेयर कारोबार रोक्का

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंक लिमिटेडले प्राप्ति प्रक्रिया पूरा गरी फागुन १२ गते शुक्रवारदेखि एकीकृत कारोबार शुरू गर्दै छन् । दुवै बैंकले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभामार्फत प्राप्तिसम्बन्धी प्रस्तावलाई पारित गरेका थिए । दुई बैंक एक भई हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुँदै छ । हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८० दशमलव २८ को अनुपातमा शेयर आदानप्रदान गर्दै प्राप्ति गरेको हो । यस आधारमा सिभिल बैंकको १०० कित्ता शेयर हुने शेयरधनीहरूले प्राप्तिपश्चात् हिमालयन बैंकको ८० दशमलव २८ कित्ता शेयर प्राप्त गर्नेछन् ।  प्राप्तिपश्चात् बैंकको रजिष्टर्ड कार्यालय हाल हिमालयन बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान कमलादी, काठमाडौंमा रहनेछ । प्राप्ति प्रक्रिया पूरा गर्नुअघि नै दुवै बैंकले आफ्ना सदस्यहरूलाई गत वर्षको मुनाफाबाट वितरण गर्ने गरी लाभांश पारित गरिसकेका छन् । पुस २८ गते सम्पन्न वार्षिक साधारण सभामार्फत नै दुवै बैंकले लाभांश प्रस्ताव पारित गरिसकेका हुन् ।  यस वर्ष सिभिल बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ९ अर्ब ७ करोड ५८ लाख ४४ हजारको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । बैंकले बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतसमेत गराइसकेको छ । बोनसपछि बैंकको चुक्तापूँजी रू. ९ अर्ब ५२ करोड ९६ लाख ३६ हजार पुगेको छ । त्यस्तै हिमालयन बैंकले चुक्तापूँजी रू. १२ अर्ब ९६ करोड ८७ लाख २५ हजारको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११ दशमलव ११ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । बैंकले नगद लाभांश वितरण गरी बोनस शेयरसमेत धितोपत्र दोस्रो बजारमा सूचीकृत गराइसकेको छ । हिमालयन बैंकको ८ प्रतिशत बोनसपछि चुक्तापूँजी रू. १४ अर्ब ६२ लाख २३ हजार कायम भएको छ । शुक्रवारदेखि एकीकृत कारोबार शुरू गर्ने भएसँगै नेप्सेले प्राप्ति हुन लागेको सिभिल बैंकको शेयर कारोबार रोक्का गरेको छ । पछिल्लो समय मर्जर तथा प्राप्ति प्रक्रिया पूरा गरी एकीकृत कारोबार गरेको बढीमा १५ दिन कारोबार रोक्का गर्नुपर्ने व्यवस्थाबमोजिम नेप्सेले सिभिल बैंकको शेयर कारोबार फागुन १२ गतेदेखि लागू हुने गरी रोक्का गरेको हो ।

एकीकृत कारोबार फागुन १२ गते, पन्ध्र दिन कारोबार बन्द

हिमालयन बैंक लिमिटेड र सिभिल बैंकको एकीकृत कारोबार यही फागुन १२ गतेदेखि हुने भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि सोही दिनदेखि एकीकृत कारोबार गर्ने तय भएको हो । नेपाल राष्ट्र बैंकले दुवै बैंकलाई गत माघ १७ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । केन्द्रीय बैंकले अन्तिम स्वीकृत दिँदै फागुन १६ गतेसम्म […]

हिमालयन बैंकद्वारा सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने प्रस्ताव पारित

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको तीसौँ वार्षिक साधारण सभाले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।  बिहीबार काठमाडौँमा बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले हिमालयन बैंक लिमिटेडले

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबारको समय थप, नपाउने भए सहुलियत

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र सिभिल बैंकलाई एकीकृत कारोबारका लागि थप समय दिएको छ । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले माघ १८ गते एकीकृत कारोबार गर्ने गरी सहमति दिइएको बताएका हुन् । हिमालयन बैंकको सय रुपैयाँ बराबर सिभिलको प्रतिशेयर ८१ रुपैयाँ हुने गरी गत असार २९ मा मर्जर सम्झौता भएको थियो । […]

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार १८ माघदेखि

हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार १८ माघदेखि हुने भएको छ । दुई बैंकलाई नेपाल राष्ट्र बैंकले एकीकृत कारोबार गर्न स्वीकृति दिएसँगै कारोबारको मिति तय भएको हो । दुवै बैंकले वार्षिक साधारण सभा २७ पुसमा गर्ने जानकारी दिएका छन् । हिमालयनले सिभिललाई प्रतिसेयर ८१ रुपैयाँ दिनेगरी गत २९ असारमा मर्जर सम्झौता भएको थियो । […]

हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जरका लागि फेरि समय थपिँदै

७ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरका लागि थप डेढ महिना समय दिने भएको छ । तोकिएको समयमा मर्जरको काम सकेर एकीकृत कारोबार शुभारम्भ गर्न नसकेपछि यसअघि पनि मर्जरका लागि समय थप गरिएको थियो । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले […]

इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जरमा ढिलाइ किन ?

मर्जर सम्झौता भएको तीन महिनामा सबै कामहरु सकी एकीकृत कारोबार सुरु गर्न राष्ट्र बैंकले अनुमति समेत दिएको थियो । तर तोकिएको समयमा यी दुई बैंकहरुबीच एकीकृत कारोबार शुरु हुन सकेन ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार रोक्का, मर्जरको प्रकृया अघि बढ्यो

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार रोक्का भएको छ ।हिमालयन र इन्भेष्टमेन्ट एक आपसमा मर्जमा गएकाले दुवै बैंकको शुक्रबार (वैशाख ३१ गते) देखि शेयर कारोबार रोक्का हुनेछ । मर्ज सम्पन्न भएर एकीकृत कारोबार भएपछि अब हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंकका नामबाट शेयर कारोबार खुल्नेछ । दुवै बैंकबीच मर्जरका लाग...