हिमालयन क्यापिटल र सिभिल क्यापिटलले भोलिदेखि एकीकृत कारोबार गर्ने

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल लिमिटेडलाई प्राप्ति गरी मङ्सिर १५ गते (भोलि)देखि एकीकृत कारोबार गर्ने भएको छ । हिमालय बैंक र सिभिल बैंक एक भएसँगै यी बैंकका सहायक कम्पनीको रूपमा रहेका क्यापिटलहरू पनि एक हुन लागेका हुन् । प्राप्तिसम्बन्धी प्रस्ताव दुवै कम्पनीहरूले भदौ २७ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारण सभाबाट पारित गरेका थिए । कम्पनी रजिष्ट्रारको कार्यालयबाट मङ्सिर १२ गते प्राप्तिसम्बन्धी स्वीकृति प्रदान गरेसँगै यी कम्पनीहरूले एकीकृत कारोबार गर्न लागेका हुन् । हिमालयन क्यापिटल लिमिटेडले कारोबार सञ्चालनका लागि २०७६ साउन २६ गते र सिभिल क्यापिटल लिमिटेडले २०६५ चैत ३० गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको थियो । 

सम्बन्धित सामग्री

हिमालयन क्यापिटल लिमिटेडको एकीकृत कारोबार शुरू

काठमाडौं। हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ति गरेपश्चात् कायम भएको हिमालयन क्यापिटल लिमिटेडले गत शुक्रवारबाट एकीकृत कारोबार शुरू गरेको छ । हिमालयन क्यापिटल लिमिटेडका अध्यक्ष सुनिलप्रसाद गोर्खाली र साविकको सिभिल क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष भोलाबहादुर विष्टले संयुक्त रूपमा उद्घाटन गर्दै एकीकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका हुन् । हिमालयन क्यापिटल लिमिटेडले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मङ्सिर १२ मा एकीकृत कारोबार सञ्चालनको अनुमति पाएको थियो । कार्यक्रममा कम्पनीका सञ्चालक समिति अध्यक्ष गोर्खालीले मर्चेन्ट बैंकिङ व्यवसायमा छोटो समयमा नवीनतम सेवा प्रवाह गर्दै आफ्नो छुट्टै पहिचान स्थापित गरेको हिमालयन क्यापिटल लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेडको सम्मिश्रणबाट सकारात्मक प्रभाव सृजना भई ग्राहकलाई प्रदान गरिने सेवा तथा सुविधा अझ सबल र सुदृढ भई नेपाली पूँजी बजारको विकासमा टेवा पुग्ने बताए ।