काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति (एक्विजिसन) गर्न अन्तिम स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको हालै बसेको बैठकले हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिने निर्णय गरेको हो । उक्त निर्णयसँगै हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रिया पूरा भएको छ ।
हिमालयनले सिभिललाई १०० बराबर ८० दशमलव २८ शेयर मिलान अनुपात (स्वाप रेसियो) मा प्राप्ति गर्न लागेको हो । जसअनुसार सिभिल बैंकको १०० कित्ता शेयर हुने शेयरधनीले हिमालयन बैंकको ८० कित्ता पाउने छन् ।दुवै बैंक एक भएपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार शुरु हुनेछ ।
यता, दुवै कम्पनीकोे गत पुस २८ गते सम्पन्न साधारण सभाले पनि हिमालयनले सिभिललाई प्राप्ति हुने प्रस्ताव पारित गरिसकेको छ । अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि दुवै कम्पनीको एकीकृत कारोबार शुरु हुनेछ ।