काठमाडौं । चालू आर्थिक वर्षको सात महीना (साउनदेखि माघसम्म)मा २२ वाणिज्य बैंकहरूले कुल रू. ४१ अर्ब ३ करोड नाफा कमाएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा देखाइएको छ । २२ वाणिज्य बैंकहरूमध्ये नबिल बैंकले सबैभन्दा बढी रू. ४ अर्ब १३ करोड नाफा कमाएको छ ।
नबिल बैंकपछि तीन बैंकले ३ अर्बभन्दा बढी नाफा कमाएका छन् । एनआईसी एशिया बैंकले रू. ३ अर्ब ६८ करोड, ग्लोबल आइएमई बैंकले रू. ३ अर्ब ५५ करोड र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले रू. ३ अर्ब ७ करोड नाफा कमाएका छन् ।
उक्त अवधिमा कृषि विकास बैंकले सबैभन्दा कम रू. १० करोड नाफा कमाएको छ । पुस मसान्तसम्म यो बैंक रू. १ अर्ब २८ करोड घाटामा थियो । यस आधारमा बैंकको नाफामा सुधार आएको छ ।
यसैगरी सिभिल बैंकले रू. ७८ करोड नाफा कमाएको छ । हाल भने सिभिल बैंक हिमालयन बैंकसँग गाभिएर फागुन १२ गतेदेखि एकीकृत कारोबार भइसकेको छ ।
त्यस्तै सन्राइज बैंकले रू. ८६ करोड नाफा कमाएको छ । यीबाहेक अन्य बैंकले १ अर्बभन्दा धेरै नाफा कमाएका छन् ।
कसले कति कमाए ?