काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. २३ करोड ७९ लाख नोक्सानी ब्यहोरेको छ । गत आवको तेस्रो त्रैमाससम्म्मा पनि कम्पनी रू. २८ करोड ९० लाख नोक्सानीमा थियो । गत आवको तुलनामा चालू आवमा कम्पनीको नोक्सानी केही घटेको देखिन्छ । चालू आवमा कम्पनीको वित्तीय खर्चमा वृद्धि भएकाले कम्पनी नोक्सानीमा गएको हो । वित्तीय खर्च गत आवमा रू. २७ करोड ७५ लाख रहेकोमा चालू आवमा बढेर रू. ३१ करोड ९३ लाख पुगेको छ ।
त्यस्तै कम्पनीको विद्युत विक्री आम्दानी भने गत आवको तुलनामा चालू आवमा ४९ दशमलव ५६ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले विद्युत विक्री बापत रू. १७ करोड ९२ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. २६ करोड ८० लाख पुगेको हो ।
कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ४७ करोड रहेको छ । जगेडा तथा कोष रू. ५९ करोड ४५ लाख ऋणात्मक रहेको छ । कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी ३२ रुपैयाँ २३ पैसा ऋणात्मक छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ५९ दशमलव ७३ रहेको छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस