काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ८५ लाख १६ हजार नाफा कमाएकोमा चालू आवमा बढेर रू. १ करोड ४२ लाख पुगेको हो । चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानी २८ प्रतिशत वृद्धि भएको छ ।
गत आवमा कम्पनीको विद्युत विक्री आम्दानी रू. ४ करोड ८ लाख रहेकोमा चालू आवमा बढेर रू. ५ करोड २६ लाख पुगेको हो । कम्पनीको चुक्तापूँजी रू. ३८ करोड ६९ लाख रहेको छ भने शेयर प्रिमियममा कम्पनीले रू. १ करोड ८९ लाख सञ्चित गरेको छ । जगेडा कोष भने रू. १ करोड १२ लाख ऋणात्मक रहेको छ ।
नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव ७२ रहेकोमा चालू आवमा बढेर रू. ७ दशमलव ३७ पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ३९ दशमलव ७५ गुणा र प्रतिशेयर नेटवर्थ रू. १०२ रहेको छ ।
वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्