२६ चैत, विराटनगर । प्रदेशको नामका विरुद्ध आन्दोलनरत पहिचान पक्षधरले पहिचानको आधारमा कोशी प्रदेशको नामांकन फेरि गर्न माग गर्दै प्रदेश सभामुखलाई ज्ञापनपत्र बुझाएको छ । प्रदेश १ पुनः नामकरण संघर्ष समितिले कोशी प्रदेशका सभामुख बाबुराम गौमतलाई ज्ञापनपत्र बुझाएको हो । गत फागुन १७ गते भूगोलका आधारमा प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरहरु आन्दोलनमा छन् । […]