बागमति प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (आइतवार) प्रदेश सभामा विश्वासको मत लिँदैछिन् ।
प्रदेश सभाको नवौं अधिवेशनको शुरूकै दिन उनले विश्वासको मत लिन लागेकी हुन् ।
प्रदेश सभा बैठक आइतवार दिउँसो तीन बजेका लागि बोलाइएको छ ।
सोही बैठकमा उनले विश्वासको मत लिने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
एमालेको एकल बहुमत रहेको बागमती प्रदेशमा १३ जनाले नेकपा (एकिकृत समाजवादी) रोजेपछि अहिले मुख्यमन्त्री शाक्य अल्पमतमा छिन् ।