स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच भेटघाट भएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा उनीहरुबीच दुई देशबीच कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेल्न सक्ने भूमिका बारेमा छलफल भएको छ । सो अवसरमा जापानले नेपाललाई १६० वटा अक्सिजन जेनेरेटर, २५ वटा ब्लड ग्यास एनालाईजर, २५ वटा पोर्टेबल अल्ट्रासाउन्ड इमेज डाइग्नोस्टिक सिस्टम र ६ वटा जापान निर्मित एम्बुलेन्स उपलब्ध गराएको छ ।नेपालका लागि जापानी राजदूत युताकाले कोभिड–१९ को नियन्त्रणमा आफुहरुले