काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई राज्यकोषको दुई अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमाले आबद्ध राष्ट्रिय युवा सङ्घ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।
नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खतिवडाले जिम्मेवारी बहन गरेपछि कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको र त्यसकाे मूल्य झन्डै दुई अर्ब ५० करोड रुपैयाँ रहेकाले हिनामिनामा मन्त्रीको संलग्नता रहेको युवा सङ्घले आराेप लगाएको छ ।
मन्त्री खतिवडा र यस कार्यमा संलग्न व्यक्तिमाथि छानबिन गर...