भक्तपुर – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले चीन सरकारका कारण भक्तपुरमा अहिलेसम्म वीर अस्पताल बनाउन नसकिएको बताउनुभएको छ । आज मङ्गलवार चाँगुनारायण नगरपालिका १ मा रहेकाे वीर अस्पतालको विस्तारित परियोजना जग्गा अनुगमनका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले यस्ताे बताउनुभएकाे हाे । उहाँले भक्तपुरमा चीन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागिपरेको भए पनि विभिन्न कारणले चीन सरकारको सहयोग नपाएका कारण अहिलेसम्म अस्पताल निर्माण हुन नसकेको गुनासाे गर्नुभयाे । मन्त्री खतिवडाले भन्नुभयो, ‘...