स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासहित १० जना स्वास्थ्यकर्मी विश्व स्वास्थ्य संगठनको ७५ औँ साधारणसभामा भाग लिन स्वीटजरल्याण्डको जेनेभा गएका छन् । सरकारले तीन जनालाई मात्रै महासभामा भाग लिन पठाए पनि दाताहरूको सहयोगमा जम्बो टोली त्यहाँ गएको आरोप छ ।सरकारले साधारणसभामा भाग लिनका लागि स्वास्थ्य मन्त्री खतिवडा, स्वास्थ्य सचिव डा.रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहलाई स्वीकृति दिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीका अनुसार सरकारले मन्त