पर्सा कारागारलाई विपक्षी बनाएर दर्ता भएको एउटै जग्गाको मुद्दामा जिल्ला अदालतले फरक–फरक फैसला गरेको छ । वीरगन्ज–५ कित्ता नम्बर २९ को ३ कठ्ठा जग्गामा पर्सा अदालतले २०६१ चैत २५ र तत्कालीन पुनरावेदन अदालत हेटौंडाले २०६४ वैशाख १७ मा वादी दाबी नपुग्ने भन्दै कारागारको हक स्थापित गरेको थियो ।