नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सर्वोच्च अदालतबाट अनपेक्षित फैसला आएको टिप्पणी गरेका छन् ।
आइतवार संसद सचिवालयमा सञ्चारकर्मीहरूसँग बोल्दै प्रचण्डले फैसला अपेक्षा गरेभन्दा फरक आएको जस्तो लागेको बताएका हुन् ।
'यो फैसला राम्रोसँग अध्ययन नगरी टिप्पणी गर्न बेला भएको छैन,' प्रचण्डले भने, 'अपेक्षा गरेभन्दा फरक आएको जस्तो लागेको छ । फैसला पूरै हेरेर मात्र टिप्पणी गर्छौं ।'
आइतवार नेकपाको नाममा परेको मुद्दामा सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गरेको थियो ।
त्यससँगै...