सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले कतिपय समाचारका कारण न्यायाधीशहरू फैसला गर्नै डराएको गुनासो गरेका छन् । कतिपय समाचारमा तथ्य र मिसिलमा भएको प्रमाणभन्दा फरक कोणबाटसमेत समाचार आउने गरेको कारण फैसला गर्नमै कठिनाइ हुने गरेको बताएका हुन् । ‘न्यायपालिकाको जनआस्था वृद्धिमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सोमबार सम्बोधन गर्नुहुँदै न्यायाधीश कार्कीले कतिपय मुद्दा वा विषयमा सञ्चारकर्मीलाई संयम भइदिन र अतिरञ्जना नगरिदिन पनि आग्रह गरे । न्याया