नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । ललितपुरको च्यासलमा भएको स्थायी कमिटी बैठकमा उनले जनतामाझ गएर खबरदारी गर्ने बताएका हुन् ।
उनले आफूहरूलाई अदालतबाट अन्याय भएकाले अब जनतामाझ जाने पनि बताए । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ ।
बैठकमा अध्यक्ष केपी ओलीसहित संस्थापन पक्ष र पूर्व माओवादी खेमाका सदस्यहरू सहभागी छन् ।
माधव नेपाल पक्षका स्थायी कमिटी सद...