दाङ – गए रातिदेखि बन्द रहेकाे राप्ती राजमार्गको दाङ-सल्यान खण्ड आज मङ्गलवार दिउँसाेदेखि खुलेको छ ।
राजमार्गको दाङ-सल्यान सडक खण्डकाे चोरखोला नजिकै पहिरो जाँदा बन्द भएकाे सडक दिउँसो १ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
गए राति १० बजे खसेको पहिरो सडक विभाग र निर्माण कम्पनीको एक्स्काभेटरले पन्छाएपछि सडक सञ्चालनमा आएकाे हाे । सडक बन्द हुँदा रोकिएका गाडी पहिरो पन्छाएपछि गन्तव्यतर्फ लागेको छन् ।